९ श्रावण २०८३, शनिबार
,
Latest
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चालिसेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। स्रोतका अनुसार उनीविरुद्ध साढे ३ करोड रुपैयाँभन्दा बढीको अकुत सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ।

चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयरसमेत हुन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–३ बाट निर्वाचित भएका थिए।

यसैबीच, आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–३ बाट उनको नाम एकल रूपमा सिफारिस भइसकेको छ। तर उनीविरुद्ध मुद्दा दायर भएसँगै राजनीतिक वृत्तमा यसले कस्तो प्रभाव पार्ने भन्ने विषयमा चासो बढेको छ।