काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चालिसेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। स्रोतका अनुसार उनीविरुद्ध साढे ३ करोड रुपैयाँभन्दा बढीको अकुत सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ।
चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयरसमेत हुन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–३ बाट निर्वाचित भएका थिए।
यसैबीच, आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–३ बाट उनको नाम एकल रूपमा सिफारिस भइसकेको छ। तर उनीविरुद्ध मुद्दा दायर भएसँगै राजनीतिक वृत्तमा यसले कस्तो प्रभाव पार्ने भन्ने विषयमा चासो बढेको छ।










