५ श्रावण २०८३, मंगलवार
,
Latest
वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अनलाइन उजुरी प्रणाली शुरु, अब घरबाटै उजुरी दिन सकिने मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि झापा र पूर्वी पहाडी जिल्लामा तटबन्ध आन्तरिक राजस्व कार्यालय तुलसीपुरले ४ अर्ब ३० करोड बढी राजस्व सङ्कलन तयारी पोशाक उद्योगका समस्या र सुधारका उपायबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्दै एकताको घोषणासहित सुरु भएको एनआरएनए अमेरिकाको साधारण सभा निष्कर्षविहीन, सहमतिका १४ बुँदामै विरोध उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन बिजक लिने उपभोक्तालाई १० लाखसम्मको उपहार, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिको युवा कोटा रहने प्रस्ताव



अ+ अ-

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा सबै क्लस्टरबाट ४० वर्षमुनिका युवाको कोटा सुनिश्चित गर्ने प्रस्ताव अघि सारेको छ ।

भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले उक्त प्रस्ताव पेश गरेका हुन् । प्रस्तावअनुसार पार्टीको केन्द्रीय संरचनामा युवाको सहभागिता बढाउने उद्देश्यले प्रत्येक प्रदेश कमिटीमा ४० वर्षमुनिका युवालाई अनिवार्य रूपमा समेटिनेछ ।

महासचिव पोखरेलका अनुसार कोशी प्रदेश कमिटीमा ४० वर्षमुनिको १ युवा, खुलातर्फ ६ र महिलातर्फ १ जना रहने व्यवस्था प्रस्ताव गरिएको छ । मधेश प्रदेशमा पनि सोहीअनुसार ४० वर्षमुनिको १ युवा, खुला ६ र महिला १ जना रहनेछन् ।

बागमती प्रदेशमा ४० वर्षमुनिको १ युवा, खुला ६ र महिला ३ जना रहने प्रस्ताव गरिएको छ । गण्डकी प्रदेशमा पनि यही संरचना लागू हुने जनाइएको छ ।

यस्तै कर्णाली प्रदेश कमिटीमा ४० वर्षमुनिको १ युवा सहित खुला ६ र महिला ३ जना रहने व्यवस्था प्रस्ताव गरिएको छ । राजधानी प्रदेश कमिटीमा पनि ४० वर्षमुनिको १ युवा, खुला ६ र महिला ३ जना रहने प्रस्ताव पेश गरिएको छ ।

पार्टी नेतृत्वले यस प्रस्तावमार्फत संगठनमा युवाको भूमिका बलियो बनाउने र नेतृत्व हस्तान्तरणलाई संस्थागत गर्ने लक्ष्य लिएको जनाएको छ । प्रस्तावमाथि बन्दसत्रमा छलफल भइरहेको छ ।




भर्खरै