९ श्रावण २०८३, शनिबार
,
Latest
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ । ११औँ महाधिवेशनको बन्द सत्रअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अब बन्ने पार्टी संरचनाबारे जानकारी गराएका छन् । उनका अनुसार बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी पदाधिकारी रहनेछन् । यससँगै स्थायी कमिटी ३३ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय हुने भएको छ । यी सबै गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ ।

गौतमका अनुसार केन्द्रीय कमिटीको संरचनामा मात्र हेरफेर गरिएको हो, पार्टीको मूल राजनीतिक लाइन र नीतिमा भने कुनै परिवर्तन गरिएको छैन ।

यसअघि तीन महिनाअघि गोदावरीमा सम्पन्न विधान सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्यीय पदाधिकारी रहने गरी २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो ।