जेन–जी युनाईटेडले नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेललाई गर्न माग गरेको छ ।
युनाईटेडको प्रतिनिधि टोलीले आईतवार सिहंदरबारमा अर्थमन्त्री रामेश्वर खनाललाई भेटी गभर्नर बर्खास्त गर्न माग गरेको हो ।
गभर्नर सम्बन्धी योग्यता र विज्ञता डा. पौडेलसँग नभएकोले बर्खास्त गर्न माग गरिएको जेन–जी युनाईटेडको संयोजक जनक परियारले जानकारी दिनुभयो । गभर्नर नियुक्तिको लागी डा. पौडेलले पेश गरेको शैक्षिक प्रमाणपत्र, कार्यअनुभव, विषयविज्ञता नै गभर्नर हुन अयोग्य रहेको उहाँले बताउनु भयो । राजनीतिक भागबण्डाको आधारमा गभर्नर नियुक्त भएको उहाँको दाबी छ ।
राजनितिक दलको सदस्य भएको, सानिमा बैकको संस्थापक शेयरधनी भएको, तत्कालिन सरकारले गभर्नर नियुक्तिको लागी गठन गरिएको समितिको सदस्य रहेको र सदस्यबाट राजिनामा दिएर गभर्नर बनेपछि अख्तियारमा उजुरी परेको, सर्वोच्च अदालतमा मुद्धा परेको लगायतका कारण गर्भनर डा पौडेललाई बर्खास्त गर्नुपर्ने जेन–जी युनाईटेडको माग रहेको उहाँले बताउनु भयो ।
राष्ट्र बैकको ऐनअनुसार राजनीतिक दलको सदस्य भएको व्यक्ति गभर्नर हुन पाइँदैन । यस्तै आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा वाणिज्य कानून विषयमा स्नात्तकोत्तर गरेको हुनुपर्नेछ । तर डा. पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक, रिसोर्स एग्रिकल्चरमा स्नात्तकोत्तर, एग्रिकल्चर रिसोर्स ईकोनोमिक्समा विद्यावारिधी गर्नुभएको छ ।
जेन-जी युनाईटेडले अर्थतन्त्र सुधारको लागी लगानीकर्ताको सुरक्षाको प्रत्याभुति दिलाउन, विचौलियको चलखेल रोक्न, बैंक तथा वित्तीय संस्थाहरुले अनाधिकृत रुपमा लिएको व्याज ऋणीहरुलाई फिर्ता गर्न, वैदेशिक ऋणको दुरुपयोग गर्न रोक लगाउन, राजश्व अनुसन्धान र सम्पती शुद्धिकरण विभागलाई जिम्मेवार बनाउन पनि अर्थमन्त्रीसँग माग गरेको छ ।










