२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस



अ+ अ-

म्याग्दी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेद्वारका लागि नेपाली कांग्रेस म्याग्दीले दुई जनाको नाम सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति खमबहादुर गर्बुजा र उपसभापति कर्णबहादुर भण्डारीको नाम सिफारिस गरिएको हो । विसं २०७९ को निर्वाचनमा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्बुजा जेनजी आन्दोलनअघि तत्कालीन सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

बेनीस्थित पार्टी कार्यालयमा आज बसेको जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले केन्द्रिय समितिको निर्देशनअनुसार प्रत्यक्ष र समानुपातिकतर्फका उमेद्वारको नाम सिफारिस गरेको सचिव हिराबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र छ । त्यस्तै राष्ट्रियसभा निर्वाचनका लागि पुरुषतर्फ नेत्रबहादुर महत र महिलातर्फ निर्मला श्रेष्ठको नाम सिफारिस गरिएको उहाँले जानकमारी दिनुभयो । रासस




भर्खरै