२७ मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्नेछ: अध्यक्ष साम्पाङ विद्यार्थीद्वारा जीवन उपयोगी ‘रोर्बट’ र ‘एप’ प्रदर्शन एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै आगामी निवार्चन समयमा सम्पन्न गराउन सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँ मुलुकमा विद्यमान तरल राजनीतिक अवस्थाका चुनौती सामना गर्न महाधिवेशन राष्ट्रहिततर्फ केन्द्रित हुने अपेक्षा व्यक्त गर्नुभयो ।

महामन्त्री बुर्लाकोटीले भन्नुभयोे,“राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै आगामी निर्वाचन समयमा नै सम्पन्न गर्न र लोकतन्त्रलाई लिकमा ल्याउने वातावरण बनाउन एमालेपछि हट्ने छैन । यसका लागि राष्ट्रिय दलहरू सकारात्मक र प्रशंसनीय भूमिका निर्वाह हुने अपेक्षा गर्दछौँ।”

उहाँले अनावश्यक क्षेत्रमा दलीय र चरम राजनीतिकरण रोक्नुपर्नेमा जोड दिँदै पुराना दलहरूले लोकतन्त्रको स्थापनाका लागि केही त्याग गर्न तयार हुनुपर्ने धारणासमेत व्यक्त गर्नुभयो ।

मुलुकमा सुशासन, समन्वय, लोकतन्त्रको स्थापनासहित लोककल्याणकारी राज्य निर्माणमा सबै राजनीतिक दल जुट्नुपर्नेमा बुर्लाकोटीको जोड थियो । रासस