२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति थापाद्वारा पोखरामा सैनिक अस्पतालको उद्‍घाटन



अ+ अ-

काठमाडाैंः प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार कास्की जिल्लाको पोखरामा बहालवाला तथा भू.पू.सैनिक र आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि नवनिर्मित ५० शैया क्षमतायुक्त सैनिक अस्पतालको उद्‍घाटन गर्नु भएको छ ।

वि.स. २०७४ मंसिर १५ गते निर्माण शुरु भएको उक्त अस्पतालमा स्वास्थ्य सेवा शुरु भएको छ । अस्पतालमा जनरल ओ.पि.डि., मेडिकल ओ.पि.डि., डेन्टल, प्याथोलोजी, ई.एन.टि., गाईनो, फार्मेसी, रेडियोलोजी र माइनर ओ.टी. लगायतका सेवाहरु संचालन गरिएको नेपाली सेनाले जनाएको छ ।

उद्‍घाटन कार्यक्रममा बलाध्यक्ष रथी, अन्य बहालवाला तथा अवकाश प्राप्त रथीहरु, नेपाली सेनाका सकलदर्जा, संचारकर्मी तथा विभिन्‍न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।