२७ भाद्र २०८३, शनिबार
,
Latest
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति थापाद्वारा पोखरामा सैनिक अस्पतालको उद्‍घाटन



अ+ अ-

काठमाडाैंः प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार कास्की जिल्लाको पोखरामा बहालवाला तथा भू.पू.सैनिक र आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि नवनिर्मित ५० शैया क्षमतायुक्त सैनिक अस्पतालको उद्‍घाटन गर्नु भएको छ ।

वि.स. २०७४ मंसिर १५ गते निर्माण शुरु भएको उक्त अस्पतालमा स्वास्थ्य सेवा शुरु भएको छ । अस्पतालमा जनरल ओ.पि.डि., मेडिकल ओ.पि.डि., डेन्टल, प्याथोलोजी, ई.एन.टि., गाईनो, फार्मेसी, रेडियोलोजी र माइनर ओ.टी. लगायतका सेवाहरु संचालन गरिएको नेपाली सेनाले जनाएको छ ।

उद्‍घाटन कार्यक्रममा बलाध्यक्ष रथी, अन्य बहालवाला तथा अवकाश प्राप्त रथीहरु, नेपाली सेनाका सकलदर्जा, संचारकर्मी तथा विभिन्‍न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।