२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन



अ+ अ-

काठमाडौँ। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन माग गर्दै नेकपा बहुमतले प्रदर्शन गरेको छ ।

नेकपा बहुमतले शनिवार माईतघरमा प्रदर्शन गरेको हो । नेकपा बहुमत पार्टीका कार्यकर्ताहरुले सरकारलाई व्यङ्ग्य गर्दै थालमा चामल राखेर प्रर्दशन गरेका थिए । उनीहरुले मंहगी उच्च र ग्यास अभाव हुँदा पनि सरकार नदेखेको आरोप लगाएका छन् ।

जनताको समस्यामा दुई तिहाईको सरकार नै हराएको उनीहरुको आरोप छ । नेकपा बहुमतको अध्यक्षमण्डलका सदस्य गुणराज लोहनीले सरकारले तत्काल ग्यास आपूर्ति सहज नगरे पार्टीले ग्यास डिपोमा रहेका ग्यास आफैले वितरण गर्ने चेतावनी दिनुभयो । उहाँले पर्याप्त ग्यास भएपनि सरकारले वितरण गर्न नसकेको आरोप लगाउनु भयो ।

उहाँले डिलरमार्फत नियमित रूपमा ग्यास वितरणको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँकाअनुसार आपूर्ति व्यवस्थापनका लागि सेना तथा प्रहरी परिचालन गरेर डिलरबाट ग्यास वितरण गर्ने वातावरण बनाउन आवश्यक छ । उहाँले ठूला होटलमा मौज्दात रहेको ग्याससमेत आवश्यकताअनुसार वितरण गर्नुपर्ने बताउनुभयो ।

ग्यासको वितरणमा अनियमितता र कालोबजारी भएको आरोप लगाउँदै उहाँले त्यसको छानबिन गर्न पनि माग गर्नुभयो । उहाँले सामान्य उपभोक्ता र साना व्यवसायीले ग्यास नपाउने तर ठूला होटलमा ग्यास उपलब्ध हुने अवस्था अन्त्य गर्नुपर्ने बताउनु भयो ।

सरकारले तत्काल समस्या समाधान नगरे आफूहरू डिलरमा पुगेर जनताको सहभागितामा ग्यास वितरण अभियान सञ्चालन गर्ने उहाँले चेतावनी दिनुभयो । त्यसक्रममा गिरफ्तारी दिनुपरे पनि तयार रहेको उहाँको भनाइ छ । वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘सरकारले ग्यास अब अरु चार–पाँच दिनमा राम्रोसंग वितरण गरेन भने हामीले नै जनतालाई ग्यास बाँड्ने हाम्रो अभियान छ । हामी डिलरमा गएर आह्वान गर्छौँ, जनतालाई आउनुस् भनेर डिलरमा लुकाईएको ग्यास वितरण गर्छौ, त्यसपछि के परिणाम हुन्छ, हेरौला ।

अस्ति मात्रै ५३ हजार सिलिन्डर आएको छ, हिजो ४३ हजार आएको छ, त्यसले राम्रो व्यवस्थित गरेमा जति पनि पुग्छ । त्यस्तै होटलहरुमा राखिएको ७ हजार भन्दा बढी ग्यास बाँडे पनि पुग्छ । जनता खान नपाउने अवस्थामा पुगिसके, जनता उस्तै परे ग्यास नपाएर आत्महत्या गर्नुपर्ने स्थिति भइसकेको छ । अहिले भएको ग्यास डिलरबाट निकालेर प्रत्येक दिन राम्रोसँग सेना प्रहरी परिचालन गरेर सहज रुपमा बाँड्ने व्यवस्था गर्नुपर्छ । ग्यास अहिले जत्ति भने नि छ, त्यसलाई डिलरबाट निकालेर बाँडे मात्रै पनि पुग्छ ।’

प्रदर्शनमा सहभागी नेकपा बहुमतका नेताहरूले ग्यासको सहज आपूर्ति, महँगी नियन्त्रण र कालोबजारी अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

प्रर्दशनकारीहरुले ‘महंगीको मार, ग्यासको हाहाकार, कहाँ छ सरकार’, खै ग्यास बालेनले लुकायो, ‘खै बालेन माफियाले डुबायो’, दुईतिहाईको सरकार ओई, जनतालाई ग्यास खोई ?’, ‘भोको पेटले के भन्छ, भरि ग्यास दे भन्छ’, ‘बढ्दो मंहगी नियन्त्रण गर ! ग्यासको आपूर्ति सहज गर !’, ‘गरिबको चमेली ग्यास दिने कोही छैन’, ‘जनता ग्यास खोज्दै सरकार बाहाना खोज्दै’ लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।–न्युज एजेन्सी नेपाल