२६ मंसिर २०८२, शुक्रबार
,
Latest
राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट राईको उम्मेदवारी घोषणा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छः मुख्यमन्त्री पाण्डे एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी चित्रकार रामानन्द जोशी : नेपाली कलाका उदीयमान दृष्टिहरू एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात… राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा द्वन्द्व व्यवस्थापन गर्न सघाउँछुः नवनियुक्त श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ



अ+ अ-

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणको नियन्त्रित लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना वीरगञ्ज महानगरपालिका–२४, रामगढवाका स्थायी बासिन्दा रहेका छन् ।

प्रहरीकाअनुसार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको टोलीले २०८२ साल मङ्सिर २३ गते साँझ करिव ६ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १५, प्रतिमाचोकस्थित टिकट काट्ने काउन्टर अगाडि रोकिएको बाग्मती प्रदेश ०८–००१ ज ०११७ नम्बरको सार्वजनिक इभि गाडीलाई कानूनी रित पु¥याई जाँच गरेको थियो ।

जाँचको क्रममा दुई जना व्यक्तिहरूले बोकेको रातो र गुलाबी रङ्गको सुटकेसभित्र लुकाइ छिपाइ राखिएको ६० हजार ५ सय ३० पिस लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।थप अनुसन्धान पश्चात, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २४, रामगढवामा डेराकोठा भाडामा लिइ बस्ने स्थानबाट सुनियोजित तरिकाले लुकाइ छिपाइ राखिएको अवस्थामा १ कार्टुनभित्र १५ हजार ६ सय ४० पिस ट्रामाडोल क्याप्सुल समेत बरामद भएको थियो ।

यसरी सो कार्यमा संलग्न चार जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद भएको लागुऔषधको कुल सङ्ख्या ७६ हजार १ सय ७० पिस ट्याब्लेट रहेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. २४, रामगढवा बस्ने वर्ष २० का युवराज पटेल र वर्ष २१ का अफजल देवान  छन् । अन्य पक्राउ पर्नेहरूमा जिल्ला धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १९ का रामहरि मगर  र सिदलेख गाउँपालिका वडा नं. ७ बस्ने वर्ष १९ का राजकुमार मगराती  रहेका छन् ।

पक्राउ परेका निजहरू विरुद्ध लागूऔषध सम्बन्धि कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रहरी प्रमुख सुदिपराज पाठकले बताउनुभएको छ ।