२६ मंसिर २०८२, शुक्रबार
,
Latest
राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट राईको उम्मेदवारी घोषणा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छः मुख्यमन्त्री पाण्डे एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी चित्रकार रामानन्द जोशी : नेपाली कलाका उदीयमान दृष्टिहरू एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात… राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा द्वन्द्व व्यवस्थापन गर्न सघाउँछुः नवनियुक्त श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा



अ+ अ-

काठमाडौँ । विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन् ।

सिंहसहित दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठले बेरोजगार युवायुवतीलाई बेलायतको म्यान्चेस्टर सहरमा सञ्चालित एक होटलबाट कमदारको माग भएकाले सो होटलमा रोजगारी मिलाइदिने भन्दै ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीबाट उनीहरूलाई पक्राउ गरेको हो । उनले आफू पूर्वराजाको भान्जा भएको भन्दै सहजै युवायुवतीलाई ठगी गर्ने गरेको थिए ।

युवायुवतीलाई विश्वास दिलाउन उनले होटल र आफ्नो कम्पनीबीचको नक्कली रोजगार–सम्झौता, काठमाडौँस्थित बेलायती दूतावासको नक्कली पत्र, नक्कली प्रवेशाज्ञा ९भिसा० र हवाई टिकटलगायत कागजात देखाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

उनीहरूले आकर्षक तलबको प्रलोभनमा परी युवायुवतीमाथि ठगी गर्ने गरेका थिए । पैसा बुझाएर पनि लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

पक्राउ परेका सिहंविरुद्ध यसअघि अमेरिका र बेलायत पठाइदिने भन्दै ठगी गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाठौँमा चार, ललितपुरमा दुई गरी छवटा ठगीसम्बन्धी कसुुर तथा पूर्वराजपरिवारको सदस्य भन्दै धाकधम्की दिएको भनी प्रहरी बृत्त दरबारमार्गमा एउटा मुद्दा दर्ता रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो ।

कार्यालयले सिंहको समूहबाट ठगिएका अन्य पीडितहरूले निजविरुद्ध कानुनी कारबाहीका लागि आवश्यक कागजातसहित अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भ्रदकालीमा जाहेरी दिन अनुरोधसमेत गरेको छ ।