२६ मंसिर २०८२, शुक्रबार
,
Latest
राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट राईको उम्मेदवारी घोषणा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छः मुख्यमन्त्री पाण्डे एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी चित्रकार रामानन्द जोशी : नेपाली कलाका उदीयमान दृष्टिहरू एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात… राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा द्वन्द्व व्यवस्थापन गर्न सघाउँछुः नवनियुक्त श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्द्व व्यवस्थापन गर्न सघाउँछुः नवनियुक्त श्रममन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताउनुभएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात मन्त्री भण्डारी सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पदबहाली गर्नुभएको छ ।

पदवहालीपश्चात पत्रकारमाझ उहाँले सरकारको कार्यावधि निकै छोटो भए पनि एक दिनलाई एक घण्टाको द्रुतगतिमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले आफू लामो समय सिआइबीको संस्थापक भएर काम गरेको हुँदा सङ्गठित अपराधका गतिविधिको जालो तोड्न कार्ययोजना बनाउने बताउनुभयो ।

“प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु पनि छ”, मन्त्री भण्डारीले भन्नुभयो, “अब भने हरेक प्रहरी दमनकारी हुँदैन र हरेक जेनजी विध्वंशकारी हुँदैन भनेर महसुस गराउनु छ ।” उहाँका अनुसार जेनजीको पीडा जति छ, नेपाल प्रहरीको पनि उत्तिकै छ । दुवै पक्षले क्षति व्यहोर्नुपरेको र दुवै आवाजलाई मन्त्रिपरिषद्मा लिएर जान सकिने पनि उहाँले सुनाउनुभयो ।

प्रहरी सेवाबाट अवकाश भएको करिब एक दशकपछि उहाँ मन्त्री बन्नुभएको हो । अवकाश अवधिमा लेख, रचना लेख्ने, पठनपाठनमा सक्रिय हुनुभएको उहाँले अब भने श्रम मन्त्रालयमार्फत जनता र मुलुकको सेवा गर्ने बताउनुभयो ।