२९ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई



अ+ अ-

काठमाडौँ। अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले हिमालयन युनिभर्सिटी कन्सोर्टियम (हिमाली विश्वविद्यालय सञ्जाल) को सचिवालय औपचारिक रूपमा काठमाडौँ विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ ।

इसिमोडको मुख्यालयमा आयोजित एक समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै इसिमोडले बुधबार काठमाडौँ विश्वविद्यालयलाई सचिवालय हस्तान्तरण गरेको हो ।

हिमाली विश्वविद्यालय कन्सोर्टियम सन् २००७ मा स्थापना गरिएको विश्वविद्यालयको सञ्जाल हो, जसले हिन्दूकुश–हिमालय क्षेत्रभित्रका विश्वविद्यालयहरू बीचको सहकार्यलाई सघन बनाउँदै विकासका साझा चुनौतीका क्षेत्रमा काम गर्छ । यसको मुख्य उद्देश्य विशेषतः पहाडी क्षेत्रमा देखिने समस्या समाधान गर्न ज्ञान आदानप्रदानको ‘प्लेटफर्म’ बनाउनु हो ।

हाल हिमाली विश्वविद्यालय कन्सोर्टियम हिन्दूकुश–हिमालयभित्र तथा बाहिरका १०० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू सञ्जालमा आबद्ध छन् । हिमाली विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौं विश्वविद्यालयमा सर्ने निर्णयले कन्सोर्टियमको पूर्वनिर्धारित लक्ष्य अनुरुप कन्सोर्टियमलाई स्वतन्त्र बनाउनुका साथै स्थानीय मर्म र प्राज्ञिक छविमा ऊर्जा थप्ने काम गरेको बताइएको छ ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले सम्झौतापत्रमा हस्ताक्षरपछि यसले दिगो पर्वतीय विकासका लागि क्षेत्रीय नेतृत्व र अनुसन्धानलाई सुदृढ पार्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्वित गरेको उल्लेख गर्नुभयो ।

काठमाडौँ विश्वविद्यालयका कुलपति प्रा अच्युत वाग्लेले हिन्दूकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीचको शैक्षिक सहकार्यमा यो नयाँ कोसेढुङ्गा सावित हुने उल्लेख गर्नुभयो । उहाँले काठमाडौँ विश्वविद्यालय क्षेत्र तथा क्षेत्रबाहिरका उच्च शिक्षण संस्थाहरूसँगको सहकार्यलाई अझ उपयोगी दिशामा अघि बढाउन तयार रहेको बताउनुभयो ।

समारोहमा नेपालका लागि बेलायतका राजदूत महामहिम रोब फेनले हिन्दू–कुश हिमालय क्षेत्रमा यो कन्सोर्टियम स्थापित हुनु शैक्षिक समुदायका लागि लाभदायक हुने धारणा राख्नुभयो ।रासस