१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह



अ+ अ-

काठमाडौं। जेनजी आन्दोलनबारेमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार र जेनजीबीचमा भएको सम्झौता कमन जेनजी नेपाल अस्वीकार गरेको छ ।

सरकारद्वारा हालै प्रस्तुत गरिएको सम्झौतापत्रले जेनजी जनआन्दोलनको वास्तविक मर्म, मुद्दा र जनआवाजलाई पूर्ण रूपमा वेवास्ता गरेको कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले जनाएका छन् ।

‘फेक आईडीबाट बनेको सुशीला सरकारले अझै पनि आफ्नै निर्देशनमा चल्ने फेक जेनजीहरूलाई राखी गरेको समझौता मान्य छैन । देशव्यापी रूपमा उभिएको परिवर्तनको चाहना, युवाहरूको बलिदान र जनताको भरोसालाई कमजोर बनाउने यस्तो समझौताप्रति कमन जेनजी नेपाल कडा विरोध गर्दछ,’ अध्यक्ष साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सरकारले देशको राजनीतिक संकट समाधान गर्न आवश्यक मूल प्रश्नहरूलाई सम्बोधन गर्न असफल भएको कमन जेनजीले जनाएको छ । निकास दिलाउन असफल सुशीला सरकारले बाहिरी शक्तिको निर्देशनमा निर्वाचन गराउनु जेनजी आन्दोलनप्रतिको धोखा भएको कमन जेनजीले जनाएको छ ।

जेनजी आन्दोलनको मागलाई प्रत्यक्ष सम्बोधन नगर्ने, भ्रष्टाचारी र हत्यारालाई उन्मुक्ति दिने र युवाहरूको बलिदानमाथि अवहेलना गर्ने कुनै पनि गतिविधि आफूहरुलाई अस्वीकार्य रहेको साहले जनाएका छन् ।

साथै आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कमन जेनजी नेपालका अध्यक्ष साह सहितका जेनजी अगुवाहरुले सो सम्झौताको प्रतिलिपि च्यातेका छन् ।

जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनकारीलाई धरपकड बन्द गर्नुपर्ने र पक्राउ परेकालाई रिहाई गर्नुपर्ने लगायतका माग गर्दै कमन जेनजी नेपालले शुक्रबार बीरगंजमा खबरदारी बाइक र्यालीको आयोजना गरेको छ । रासस