१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका शाक्य र ऊर्जा मन्त्री घिसिङबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्।

शाक्यले बुधबार सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री घिसिङसँग भेट गरेका हुन्। मन्त्रालय स्रोतका अनुसार भेटका क्रममा मन्त्री घिसिङले प्राधिकरणका आगामी काममा कुनै सम्झौता नगरी पूर्ण क्षमताका साथ अघि बढ्न सुझाव दिएका थिए।

उनले अहिले प्राधिकरणलाई परिणाममुखी काम आवश्यक भएको भन्दै आफू नतिजामा विश्वास गर्ने मन्त्री भएको टिप्पणी गरे।

भेटमा कार्यकारी निर्देशक शाक्यले आफूले विगतमा पनि घिसिङसँग सहकार्यमै काम गरेको स्मरण गर्दै यसपटक पनि त्यसमा कुनै समस्या नहुने विश्वास व्यक्त गरेका थिए।