२५ मंसिर २०८२, बिहीबार
,
Latest
महाधिवेशनपछि मेरो नेतृत्वमा एमाले राष्ट्रिय पुनर्जागरण अभियानमा अघि बढ्छः ओली एनपिएल क्वालिफायरः लुम्बिनीविरुद्ध टस जितेर विराटनगरले पहिला बलिङ गर्दै सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका शाक्य र ऊर्जा मन्त्री घिसिङबीच भेटवार्ता नक्कली नोटसहित एक जना पक्राउ पुस १ गतेदेखि बाघ गणना गरिँदै विकटको सुगम मातृ स्वास्थ्य सेवाः सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ कार्की सरकार असंवैधानिक हो, कुनै प्रतिष्ठान मास्ने अधिकार छैनः ओली ट्रम्प गोल्ड कार्ड आजदेखि लागू हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका शाक्य र ऊर्जा मन्त्री घिसिङबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्।

शाक्यले बुधबार सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री घिसिङसँग भेट गरेका हुन्। मन्त्रालय स्रोतका अनुसार भेटका क्रममा मन्त्री घिसिङले प्राधिकरणका आगामी काममा कुनै सम्झौता नगरी पूर्ण क्षमताका साथ अघि बढ्न सुझाव दिएका थिए।

उनले अहिले प्राधिकरणलाई परिणाममुखी काम आवश्यक भएको भन्दै आफू नतिजामा विश्वास गर्ने मन्त्री भएको टिप्पणी गरे।

भेटमा कार्यकारी निर्देशक शाक्यले आफूले विगतमा पनि घिसिङसँग सहकार्यमै काम गरेको स्मरण गर्दै यसपटक पनि त्यसमा कुनै समस्या नहुने विश्वास व्यक्त गरेका थिए।