२५ मंसिर २०८२, बिहीबार
,
Latest
सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका शाक्य र ऊर्जा मन्त्री घिसिङबीच भेटवार्ता नक्कली नोटसहित एक जना पक्राउ पुस १ गतेदेखि बाघ गणना गरिँदै विकटको सुगम मातृ स्वास्थ्य सेवाः सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ कार्की सरकार असंवैधानिक हो, कुनै प्रतिष्ठान मास्ने अधिकार छैनः ओली ट्रम्प गोल्ड कार्ड आजदेखि लागू हुँदै जेन–जी र सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः कलाबिहीन भद्दा नाटक पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प गोल्ड कार्ड आजदेखि लागू हुँदै



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘ट्रम्प गोल्ड कार्ड’ को आवेदन प्रक्रिया सुरु भएको घोषणा गरे। यसको लागि आवेदकहरूले आजदेखि आवेदन गर्न सक्नेछन्। कार्डको मूल्य १ मिलियन डलर तोकिएको छ। तर कम्पनीहरूले भने कार्डका लागि २ मिलियन डलर तिर्नुपर्नेछ।

ट्रम्पले यस वर्ष फेब्रुअरीमा नै ‘गोल्ड कार्ड’ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए। तर त्यतिबेला उनले यसको शुल्क ५ मिलियन डलर राखेका थिए। सेप्टेम्बरमा यसलाई घटाएर १ मिलियन डलर पुर्‍याइएको हो।

ट्रम्पका अनुसार यो ‘अमेरिका फर्स्ट’ एजेन्डाको हिस्सा हो । होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले भनिन्, “यसले विश्वका सफल उद्यमीहरूलाई आकर्षित गर्नेछ।”

यस्तै ट्रम्पको ‘प्लाटिनम कार्ड’ पनि छिट्टै सुरु हुने अपेक्षा गरिएको छ। यसको शुल्क करिब ५ मिलियन डलर हुनेछ।

ट्रम्प भन्छन्– अब केवल प्रतिभावान मानिसहरूलाई मात्र भिसा दिइनेछ

गोल्ड कार्डको ‘अनलिमिटेड रेसिडेन्सी’मा नागरिकता प्राप्त अमेरिकी नागरिकजस्तै सबै सुविधा पाइन्छ, तर पासपोर्ट र भोट दिने अधिकार भने हुँदैन। यो प्रक्रिया ग्रीन कार्डमार्फत स्थायी निवास पाउने प्रक्रियाजस्तै हुनेछ।

राष्ट्रपति ट्रम्पले भने, यो भिसा कार्यक्रम विशेषगरी धनी विदेशीहरूका लागि हो, ताकि उनीहरूले १ मिलियन डलर तिरेर अमेरिकामा बस्न र काम गर्न सकून्।

उनी भन्छन् कि अब अमेरिका केवल प्रतिभावान व्यक्तिलाई मात्र भिसा दिनेछ, अमेरिकी नागरिकको रोजगारी खोस्न सक्ने व्यक्तिलाई होइन। उनले यो रकम कर घटाउन र सरकारी ऋण तिर्न प्रयोग गरिने बताए।

गोल्ड कार्डले सधैं बस्न पाउने अधिकार दिनेछ

गोल्ड कार्डका अतिरिक्त ट्रम्पले ३ प्रकारका नयाँ भिसा कार्ड पनि सार्वजनिक गरेका थिए, जसमा ‘ट्रम्प गोल्ड कार्ड’, ‘ट्रम्प प्लाटिनम कार्ड’ र ‘कर्पोरेट गोल्ड कार्ड’ शामिल छन्।

ट्रम्प गोल्ड कार्डले कुनै व्यक्तिलाई अमेरिकामा अनिश्चितकालसम्म बस्न (अनलिमिटेड रेसिडेन्सी) अधिकार दिनेछ। त्यस्तै ट्रम्प प्लाटिनम कार्ड चाँडै सुरु गरिनेछ।