२९ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौंः गृहमन्त्री गुरुङ एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव तातोपानी नाका २६ दिनदेखि ठप्प, चीनतर्फ र नेपालमा गरी २० अर्बभन्दा बढीको सामान रोकियो जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन महासंघ अध्यक्ष श्रेष्ठको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प गोल्ड कार्ड आजदेखि लागू हुँदै



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘ट्रम्प गोल्ड कार्ड’ को आवेदन प्रक्रिया सुरु भएको घोषणा गरे। यसको लागि आवेदकहरूले आजदेखि आवेदन गर्न सक्नेछन्। कार्डको मूल्य १ मिलियन डलर तोकिएको छ। तर कम्पनीहरूले भने कार्डका लागि २ मिलियन डलर तिर्नुपर्नेछ।

ट्रम्पले यस वर्ष फेब्रुअरीमा नै ‘गोल्ड कार्ड’ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए। तर त्यतिबेला उनले यसको शुल्क ५ मिलियन डलर राखेका थिए। सेप्टेम्बरमा यसलाई घटाएर १ मिलियन डलर पुर्‍याइएको हो।

ट्रम्पका अनुसार यो ‘अमेरिका फर्स्ट’ एजेन्डाको हिस्सा हो । होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले भनिन्, “यसले विश्वका सफल उद्यमीहरूलाई आकर्षित गर्नेछ।”

यस्तै ट्रम्पको ‘प्लाटिनम कार्ड’ पनि छिट्टै सुरु हुने अपेक्षा गरिएको छ। यसको शुल्क करिब ५ मिलियन डलर हुनेछ।

ट्रम्प भन्छन्– अब केवल प्रतिभावान मानिसहरूलाई मात्र भिसा दिइनेछ

गोल्ड कार्डको ‘अनलिमिटेड रेसिडेन्सी’मा नागरिकता प्राप्त अमेरिकी नागरिकजस्तै सबै सुविधा पाइन्छ, तर पासपोर्ट र भोट दिने अधिकार भने हुँदैन। यो प्रक्रिया ग्रीन कार्डमार्फत स्थायी निवास पाउने प्रक्रियाजस्तै हुनेछ।

राष्ट्रपति ट्रम्पले भने, यो भिसा कार्यक्रम विशेषगरी धनी विदेशीहरूका लागि हो, ताकि उनीहरूले १ मिलियन डलर तिरेर अमेरिकामा बस्न र काम गर्न सकून्।

उनी भन्छन् कि अब अमेरिका केवल प्रतिभावान व्यक्तिलाई मात्र भिसा दिनेछ, अमेरिकी नागरिकको रोजगारी खोस्न सक्ने व्यक्तिलाई होइन। उनले यो रकम कर घटाउन र सरकारी ऋण तिर्न प्रयोग गरिने बताए।

गोल्ड कार्डले सधैं बस्न पाउने अधिकार दिनेछ

गोल्ड कार्डका अतिरिक्त ट्रम्पले ३ प्रकारका नयाँ भिसा कार्ड पनि सार्वजनिक गरेका थिए, जसमा ‘ट्रम्प गोल्ड कार्ड’, ‘ट्रम्प प्लाटिनम कार्ड’ र ‘कर्पोरेट गोल्ड कार्ड’ शामिल छन्।

ट्रम्प गोल्ड कार्डले कुनै व्यक्तिलाई अमेरिकामा अनिश्चितकालसम्म बस्न (अनलिमिटेड रेसिडेन्सी) अधिकार दिनेछ। त्यस्तै ट्रम्प प्लाटिनम कार्ड चाँडै सुरु गरिनेछ।