४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एमाले महाधिवेशनमा डर र आतङ्क सिर्जना गर्न ओलीलाई गिरफ्तार गर्ने हल्ला फैलाइयोः महेश बस्नेत

एमाले महाधिवेशनमा डर र आतङ्क सिर्जना गर्न ओलीलाई गिरफ्तार गर्ने हल्ला फैलाइयोः महेश बस्नेत
file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकार र सरकारबाट पालित पोषित व्यक्ति र मिडियाले एमाले र एमाले अध्यक्ष केपी ओली विरुद्ध विभिन्न खालका भ्रम फिँजाइरहेका बताएका छन् ।

एमाले महाधिवेशनमा डर र आतङ्क सिर्जना गर्न एमाले अध्यक्ष केपी ओलीलाई गिरफ्तार गर्ने हल्ला फिँजाइएको उनले बताए । ‘केपी ओलीलाई गिरफ्तार गरेर बयान गराउन सक्ने यो धर्तीमा कोही पनि जन्मिएको छैन’, बिहीबार यातायात श्रमिक तथा व्यवसायीहरूको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै बस्नेतले भने ।

एमाले महाधिवेशन भाँड्नको लागि कुलमान घिसिङले नागढुंगामा सडक अवरुद्ध गर्ने सूचना सार्वजनिक गरेका बताउँदै बस्नेतले हिजो एमालेको टोलीले गएर बाटो बन्द नगर्न भनेको जानकारी दिए । ‘यदि एमालेको महाधिवेशन भाँड्ने नियतले सडक बन्द गर्न खोजिएको हो भने एमालेका दशौँ हजार कार्यकर्ता र भोलेन्टियर जम्मा भएर बाटो खोल्छन्, बाटो थुन्नेहरूलाई त्रिसुलीमा नुहाउन पठाइदिन्छन्, होस् गर्नु’, उनले भने ।

बस्नेतले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको कुनै जग नभएको बताए । ‘सुशीला कार्कीको सरकारलाई एमालेले फु गरेर ढालिदिन्छ, एमालेको महाधिवेशन पछि सुशीला कार्कीको सरकार ढल्छ’, बस्नेतले भने ।

विद्यादेवी भण्डारी र ईश्वर पोखरेललाई उचालेर आफ्नो अभीष्ट पुरा हुन्छ भन्ने कुरा  नसोच्न पनि सुशीला कार्की र लुसिफरहरुलाई उनले चेतावनी दिए । विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उकासी रहेको उनको भनाइ छ ।

नेकपा एमालेले फेरि पनि बहुमत ल्याएर सरकार बनाउँछ भन्ने कुरा नबिर्सन आग्रह गर्दै उहाँले फेरी पनि एमालेबाट केपी ओलीलाई बहुमतको प्रधानमन्त्री बनाएर देखाउने दाबी गरे । ‘एमालेको नीति, नेता ठिक छन् त्यसैले हामीमा घमण्ड होइन, आत्मविश्वास छ’, बस्नेतले भने ।