१५ श्रावण २०८३, शुक्रबार
,
Latest
स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह



फाइल फोटो
अ+ अ-

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मानव अधिकारको संरक्षणका लागि सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मानव अधिकारको संरक्षणका सन्दर्भमा देखिएका कमीकमजोरी सुधार गर्न रचनात्मक सुझाव दिन सरोकारवाला निकायसँग आग्रह गर्नुभएको छ ।

मन्त्री सिन्हाले भन्नुभयो, “मावन अधिकार संरक्षण सरकार एक्लैले गरेर हुँदैन, त्यसका लागि सबैको उत्तिकै भूमिका हुन्छ, सबै उत्तिको सहयोगको आवश्यकता हुन्छ, सरकारले गरिरहेका प्रयासमा सहयोग गर्न सम्पूर्ण मानव अधिकारकर्मीहरू तथा नागरिक समाज र सरोकारवाला सङ्घसंस्थालाई आग्रह गर्दछु ।”

उहाँले सरकारले मानव अधिकार आयोगको संस्थागत सुदृढीकरणमा जोड दिँदै मानव आयोग, सत्य तथा निरूपण आयोग र बेपत्ता छानबिन आयोगको प्रतिवेदन वा सिफारिसलाई सरकारले पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

मानव अधिकारका सार्वभौमिक मूल्य र सिद्धान्तको सम्मानस्वरूप सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडिएचआर) को स्मरणमा हरेक वर्ष आज डिसेम्बर १० मा उक्त घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ ।रासस




भर्खरै