४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ

प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ
अ+ अ-

काठमाडौँ । प्रभु बैंक लिमिटेडका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्य पक्राउ परेका छन्।

बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएपछि ४२ वर्षीय शाक्यलाई ललितपुर महानगरपालिका–१७ स्थित ईखाँछे क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

सीआईबीका अनुसार शाक्यमाथि रेमिट कारोबार सञ्चालनका क्रममा प्रभु बैंकलाई हानि पुर्‍याई आफ्नो स्वार्थ समूह अन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाइदा हुनेगरी गैरकानुनी रुपमा गतिविधि सञ्चालन गरेको आरोप छ।

सीआईबीको प्रारम्भिक अनुसन्धानमा शाक्यले बैंकलाई १ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी हुनेगरी ‘प्रिफन्डिङ’ सम्बन्धी कानूनी व्यवस्थाको दुरुपयोग गरेको देखिएको छ। बैंकमार्फत रेमिट ट्रान्सफर गर्दा हुने फाइदाका नाममा प्रिफन्डिङ सुविधा दुरुपयोग गरी रकम आफ्नै निहित समूहमा प्रवाह गरिएको आरोप प्रहरीले जनाएको छ।

त्यसैगरी, प्रभु म्यानेजमेन्ट प्रालिलाई नियम विपरीत सुपर एजेन्ट घोषणा गर्दै अग्रिम रकम उपलब्ध गराएको र रेमिट सेवा स्थगित भइसकेपछि पनि लामो समयसम्म उक्त रकम स्वार्थ समूहले प्रयोग गर्न दिएको आरोप शाक्यमाथि छ। नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत गैरकानुनी गतिविधि गरी बैंकलाई ८ करोड ९३ लाख १९ हजार ९९८६ रुपैयाँ नोक्सानी पुर्‍याएको सीआईबीले बताएको छ।

यसअघि सोही प्रकरणमा प्रभु बैंकका सीईओ अशोक शेरचन, नायव सीईओ मणिराम पोखरेल तथा प्रमुख कर्ता अधिकृत रिवास श्रेष्ठलाई पनि पक्राउ गरिएको थियो। उनीहरूविरुद्ध बैंकिङ कसूरसम्बन्धी मुद्दामा अनुसन्धान जारी छ।