२४ मंसिर २०८२, बुधबार
,
Latest
मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा पहिचान पक्षधर ३ घटक समाहित स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित सरकारसँग मानव अधिकार आयोगको गुनासोः सिफारिस अझै कार्यान्वयन भएन उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेट ३ महिनापछि जेन–जी प्रतिनिधिसँग सम्झौता गर्दै सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते



अ+ अ-

धरान । धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।

आज बिहान करिब ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुलको बसले विपरीत दिशाबाट आउँदै गरेको को१ह ८७७४ नम्बरको अटोलार्ई ठक्कर दिई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक धरान उपमहानगरपालिका–१९, एकता मार्गका २४ वर्षीय निमेष भुजेललाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रवक्ता खड्काले बताउनुभयो ।

उक्त अटोमा सवार धरान–१९ का ४८ वर्षीय टिकाराम लिम्बू घाइते हुनुभएको छ । उहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अटोलाई ठक्कर दिने बस चालक धरान उपमहानगरपालिका–१४ का २९ वर्षीय अमिर तामाङलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।