२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आगामी पुसमा हुने १५ औं महाधिवेशनमा पार्टी सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

भण्डारीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सभापति पदप्रतिको आकांक्षा सार्वजनिक गर्दै नेतृत्वप्रतिको दृष्टि पहिले नै तय भएको बताए। उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित!’

१४औं महाधिवेशनमा उपसभापति पदमा पराजित भएका भण्डारी त्यसपछि मनोनयनमार्फत केन्द्रीय सदस्य बनेका थिए। हाल गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यका रूपमा सक्रिय भण्डारी कांग्रेसभित्र स्वच्छ छवि, प्रस्ट धारणा र वैचारिक स्पष्टताका कारण लोकप्रिय हुँदै आएका छन्।

आफ्नो पोस्टमा उनले नेतृत्व चयनमा व्यक्तिगत आकांक्षाभन्दा देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता प्रमुख हुने उल्लेख गरेका छन्। ‘जहाँ देश, जनता र संगठनको आवश्यकता उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म– जसरी आवश्यक पर्छ, त्यस्तै रूपमा अघि बढ्न तयार छु,’ उनले लेखेका छन्।

भण्डारी कांग्रेसभित्र शेखर कोइराला पक्षसँग नजिक मानिए पनि उनले हाल शेखर–गगन समूह वा देउवा पक्ष— कुन समूहसँग उभिने भन्ने खुलाउने अवस्था अझै आएको छैन।




भर्खरै