२४ मंसिर २०८२, बुधबार
,
Latest
खानेपानीको चरम सङ्कट भएका भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने कम्युनिष्टहरु सत्तामा पुग्न जोसँग पनि मिल्न थालेः गोकर्ण विष्ट विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की भन्सार विभाग–एजेन्ट महासंघबीच सहमति, देशभरका भन्सार कार्यालय नियमित डीएसपी नेपाल बहुविवाह आरोपमा पक्राउ सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीएसपी नेपाल बहुविवाह आरोपमा पक्राउ



अ+ अ-

काठमाडौँ । नवलपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाह आरोपमा पक्राउ परेका छन्। नेपाललाई उनकी जेठी श्रीमती तारा खनाल नेपालको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो।

प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर सोमबार उनलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि डीएसपी नेपाल स्वयं प्रहरी कार्यालयमा उपस्थित भएका थिए। उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।

उनीमाथि प्रहरीले ३ दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको जनाएको छ। स्रोतका अनुसार डीएसपी नेपालले प्रहरी संगठनमै कार्यरत एक असईसँग दोस्रो विवाह गरेको आरोप छ।

यसअघि पनि नेपाल २०७४ सालमा बुटवलस्थित वडा प्रहरी कार्यालय रामनगरमा प्रहरी निरीक्षकका रूपमा कार्यरत रहेका बेला गाँजा कारोबार–सम्बन्धी आर्थिक लेनदेन विवादमा मुछिँदा निलम्बनमा परेका थिए। उक्त घटनापछि उनी प्रहरी नायव उपरीक्षकको तत्कालीन बढुवा सूचीमा समेत छुटेका थिए।