४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी

क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा वितरण प्रक्रियालाई तत्काल टुंग्याउन जिल्ला सभापतिहरूलाई परिपत्र जारी गरेको छ।

महामन्त्री गगन थापाले पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय सार्वजनिक गर्दै सदस्यता प्रक्रिया समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन्।

परिपत्रमा नवीकरण नभएका तथा विवरण केन्द्रमा नपुगेका जिल्लाहरूलाई अविलम्ब तहगत समन्वय गरेर वडादेखि जिल्ला कार्यसमितिको बैठकसमेत सम्पन्न गरी नवीकरणको अन्तिम नामावली तयार पारेर केन्द्रमा पठाउन भनिएको छ। आवश्यक सदस्यता शुल्कसमेत कार्यतालिकाअनुसार बुझाइसक्नुपर्ने उल्लेख छ।

निर्धारित समयसीमाभित्र नवीकरण विवरण नपुगेका कारण सदस्यता छुट भएमा छुट्टै नामावली तयार गरी सोको निर्णयसहित पुस ३ गतेभित्र अनिवार्य केन्द्रमा पठाउन पर्ने उल्लेख छ।

यससँगै, नयाँ क्रियाशील सदस्यता वितरणका लागि पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नै फारम पठाइएको परिपत्रमा उल्लेख छ। एक मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाले पुस १० गतेभित्र र दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले पुस ११ गतेभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी नामावली प्रकाशन गरेर केन्द्रमा पठाइसक्नुपर्ने जनाइएको छ।

महाधिवेशन कार्यतालिका समयमै पूरा गर्न मातहतका सबै समितिहरूलाई आवश्यक समन्वय र सहयोग गर्न आग्रह पनि गरिएको छ।