२४ मंसिर २०८२, बुधबार
,
Latest
भन्सार विभाग–एजेन्ट महासंघबीच सहमति, देशभरका भन्सार कार्यालय नियमित डीएसपी नेपाल बहुविवाह आरोपमा पक्राउ सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस् लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा वितरण प्रक्रियालाई तत्काल टुंग्याउन जिल्ला सभापतिहरूलाई परिपत्र जारी गरेको छ।

महामन्त्री गगन थापाले पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय सार्वजनिक गर्दै सदस्यता प्रक्रिया समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन्।

परिपत्रमा नवीकरण नभएका तथा विवरण केन्द्रमा नपुगेका जिल्लाहरूलाई अविलम्ब तहगत समन्वय गरेर वडादेखि जिल्ला कार्यसमितिको बैठकसमेत सम्पन्न गरी नवीकरणको अन्तिम नामावली तयार पारेर केन्द्रमा पठाउन भनिएको छ। आवश्यक सदस्यता शुल्कसमेत कार्यतालिकाअनुसार बुझाइसक्नुपर्ने उल्लेख छ।

निर्धारित समयसीमाभित्र नवीकरण विवरण नपुगेका कारण सदस्यता छुट भएमा छुट्टै नामावली तयार गरी सोको निर्णयसहित पुस ३ गतेभित्र अनिवार्य केन्द्रमा पठाउन पर्ने उल्लेख छ।

यससँगै, नयाँ क्रियाशील सदस्यता वितरणका लागि पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नै फारम पठाइएको परिपत्रमा उल्लेख छ। एक मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाले पुस १० गतेभित्र र दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले पुस ११ गतेभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी नामावली प्रकाशन गरेर केन्द्रमा पठाइसक्नुपर्ने जनाइएको छ।

महाधिवेशन कार्यतालिका समयमै पूरा गर्न मातहतका सबै समितिहरूलाई आवश्यक समन्वय र सहयोग गर्न आग्रह पनि गरिएको छ।