२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुंगेधारा संरक्षणका लागि हस्ताक्षर



अ+ अ-

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले काठमाडौं उपत्यकाभरीका पोखरी र ढुंगेधारा संरक्षण गरी व्युटिफिकेसन गरिने बताउनुभएको छ ।

शुक्रबार मन्त्रालय र विभिन्न नगरपालिकाबीच भएको हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री मगरले यस्तो बताउनु भएको हो । महालक्ष्मी नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र मन्त्रालयबीच ढुंगेधारा र पोखरी संरक्षणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मन्त्री मगरले हिजोको परम्परा र शैलीलाई निरन्तरता दिएर अहिलेको आधुनिक युगमा त्यसको संरक्षण गर्दै अगाडी बढ्ने बताउनुभयो ।

उपत्यकाका १० वटा नगरपालिका भित्र रहेका ५ सय ७३ ढुंगेधारा र २ सय ३३ पोखरीहरुको नक्शांकनको काम सकिएको छ ।

५ सय ७३ ढुंगेधारामध्ये ४७९ स्थलगत रुपमा भेटिएका छन्, भने ९४ वटा हराएका छन् । त्यसैगरी २ सय ३३ पोखरीमध्ये १९३ वटा पोखरी भेटिएका छन्, ४० वटा हराएका छन् । आर्थिक वर्षको सुरुबाट नै प्रत्येक नगरपालिकामा विषय विज्ञसहितको टोली बनाएर ढुंगेधारा तथा पोखरीहरुको नेवारी नाम, अहिलेको अवस्था, पानीको गुणस्तरको अवस्था अद्यावधिक गर्ने काम पनि सकिएको छ । महालक्ष्मी नगरपालिका र मध्यपुर ठिमी नगरपालिकामा रहेका ढुंगेधारा तथा पोखरीहरुको पूनर्निमाण र संरक्षणको विस्तृत खाका तयार गरी २ वषभित्र पूनर्निमार्ण सम्पन्न गर्ने र बाँकी नगरपालिकाहरुमा समेत क्रमैसँग काम अगाडी बढाउने सम्झौतापत्रमा उल्लेख छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नगरपालिकाबीचको सहकार्यमा गुरुयोजना अनुसार काम सम्पन्न गर्दै जाने लक्ष्य लिइएको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, महालक्ष्मी, मध्यपुर ठिमी नगरपालिका र काठमाडौं उपध्यका खानेपानी लिमिटेडको समुन्वयमा कार्य सञ्चालन गर्न खानेपानी मन्त्री मगरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो ।