२१ आश्विन २०८१, सोमबार
,
Latest
‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुंगेधारा संरक्षणका लागि हस्ताक्षर



अ+ अ-

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले काठमाडौं उपत्यकाभरीका पोखरी र ढुंगेधारा संरक्षण गरी व्युटिफिकेसन गरिने बताउनुभएको छ ।

शुक्रबार मन्त्रालय र विभिन्न नगरपालिकाबीच भएको हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री मगरले यस्तो बताउनु भएको हो । महालक्ष्मी नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र मन्त्रालयबीच ढुंगेधारा र पोखरी संरक्षणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मन्त्री मगरले हिजोको परम्परा र शैलीलाई निरन्तरता दिएर अहिलेको आधुनिक युगमा त्यसको संरक्षण गर्दै अगाडी बढ्ने बताउनुभयो ।

उपत्यकाका १० वटा नगरपालिका भित्र रहेका ५ सय ७३ ढुंगेधारा र २ सय ३३ पोखरीहरुको नक्शांकनको काम सकिएको छ ।

५ सय ७३ ढुंगेधारामध्ये ४७९ स्थलगत रुपमा भेटिएका छन्, भने ९४ वटा हराएका छन् । त्यसैगरी २ सय ३३ पोखरीमध्ये १९३ वटा पोखरी भेटिएका छन्, ४० वटा हराएका छन् । आर्थिक वर्षको सुरुबाट नै प्रत्येक नगरपालिकामा विषय विज्ञसहितको टोली बनाएर ढुंगेधारा तथा पोखरीहरुको नेवारी नाम, अहिलेको अवस्था, पानीको गुणस्तरको अवस्था अद्यावधिक गर्ने काम पनि सकिएको छ । महालक्ष्मी नगरपालिका र मध्यपुर ठिमी नगरपालिकामा रहेका ढुंगेधारा तथा पोखरीहरुको पूनर्निमाण र संरक्षणको विस्तृत खाका तयार गरी २ वषभित्र पूनर्निमार्ण सम्पन्न गर्ने र बाँकी नगरपालिकाहरुमा समेत क्रमैसँग काम अगाडी बढाउने सम्झौतापत्रमा उल्लेख छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नगरपालिकाबीचको सहकार्यमा गुरुयोजना अनुसार काम सम्पन्न गर्दै जाने लक्ष्य लिइएको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, महालक्ष्मी, मध्यपुर ठिमी नगरपालिका र काठमाडौं उपध्यका खानेपानी लिमिटेडको समुन्वयमा कार्य सञ्चालन गर्न खानेपानी मन्त्री मगरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो ।