२१ श्रावण २०८३, बिहीबार
,
Latest
जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको छः गृहमन्त्री गुरुङ लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जना पक्राउ धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने तीन मन्त्रीको उपस्थितिमा किसानका गुनासाः मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार चाहियो नाइजेरियाली सुरक्षा अभियानपछि कम्तीमा ३०८ अपहरित व्यक्तिको उद्धार कुबेतस्थित इरानी विद्यालय बन्द गर्न आदेश उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड सर्पदंशको उपचार ढिलाइ हुँदा ज्यान जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्टलक्ष्मी शाक्यको आरोपः केपी ओलीले महिलाको अपमान गर्छन्



अ+ अ-

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरुलाई सधैँ अपमान गरेको आरोप लगाउनुभएको छ ।

एमालेको ११ औं महाधिवेशन सन्दर्भमा मंगलवार आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई धामीझाँक्री भनेर अपमान गरेको बताउनु भयो । गणतन्त्र नेपालको प्रधानमन्त्री भईसकेको व्यक्तिले पूर्वराष्ट्रपतिलाई पटकपटक अपमानित शब्दहरु प्रयोग गर्ने गरेको उहाँको आरोप छ । उहाँले कुनैपनि नेतृत्वलाई महिलाहरुको अपमान गर्न नसुहाउने भएपनि केपी ओलीलाई भने सुहाउने भन्दै व्यङ्ग्य पनि गर्नुभयो । ओलीमा महिलालाई हेर्ने सकरात्मक सोच र दृष्टिकोण नै नभएको उहाँको दाबी छ । उहाँले महिलाको अपमान गर्नेको विरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताउनु भयो ।

महिलालाई अपमान गर्ने, अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यक्ता नभएको उहाँको भनाई छ । अध्यक्ष ओलीले सञ्चार माध्यममा पूर्वराष्ट्रपति भण्डारी चालेका कदमहरुमा व्यंग्य भावसहित आफूसँग सल्लाह नै नगरिकन परैदेखि धामीले जस्तो घुमरौं लाएर झल्र्याङ्–झल्र्याङ् गरेर मुजुरका प्वाँख–स्वाँख लाएर ढ्याङढ्याङ पार्दै ‘म राष्ट्रपतिबाट आएँ, ठाउँ छोड्, ठाउँ छोड्, म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउन मिल्छ ? भन्दै प्रश्न उठाउनुभएको थियो । सोही कुरालाई उपाध्यक्ष शाक्यले आपत्ति जनाउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘एउटा पूर्वराष्ट्रपति, परमाधिपति पनि भन्छौँ, देशको संरक्षक पनि भन्छौँ, संविधानको संरक्षक पनि भन्छौँ । उहाँलाई धामीझाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ । सामान्य महिलालाई त गर्न पाइँदैन भने पूर्वराष्ट्रपति भईसकेकोलाई यो शब्दले अपमान गर्ने हद भनेको यो नेतृत्वलाई सुहाउँदैन । यो नेतृत्वले गर्नै हुँदैन । तर गर्न हुन्छ, कसले गर्न हुन्छ ? केपी ओलीले गर्न हुन्छ । किनभने उहाँमा सोच नै छैन । महिलाप्रति हेर्ने दृष्टिकोण नै छैन । महिलालाई अपमान गरेको ग¥यै छ । आधा भन्दा बढी जनसंख्याको हिस्सा महिलाले ओगटिरहेको अवस्थामा, महिला हिंसा विरुद्धको यत्रो १६ दिने अभियान मात्रै होईन, निरन्तर आवाज उठीरहको बेलामा यो खालको शब्द प्रयोग गर्ने भनेको सबै महिलाहरुको अपमान हो । यसको विरुद्ध सशक्त आवाज उठ्नुपर्छ । यस्तो नेतृत्व अवको आवश्यक्ता होईन । महिलालाई अपमान गर्ने नेतृत्व आजको आवश्यक्ता होईन । महिलालाई अवमुल्यन गर्ने नेतृत्व आजको आवश्यकता होइन । त्यसो भएको हुनाले यो ईस्यू चाहीँ जल्दोबल्दो रुपमा उठाउनुपर्छ, उठ्नुपर्छ ।’ 

उहाँले अध्यक्ष ओली कहिल्यै नसच्चिने दाबी गर्नुभयो । उहाँले ओलीको नेतृत्वमा नै अब पनि एमाले जाने हो भने एमाले र देश दुवै कमजोर हुने बताउनु भयो । एमाले बलियो बनाउन ओलीलाई अध्यक्ष बनाउन नहुने बताउनु भयो । ११ औँ महाधिवेशनबाट केपी ओली अध्यक्ष नबन्ने उहाँको भनाई छ ।