४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
अ+ अ-

सियोल। उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

जापानले पनि उत्तर कोरियाबाट सम्भवतः ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै त्यसको निगरानी गरेको जनाएको छ । पछिल्लो प्रक्षेपण क्षेत्रीय सुरक्षा तनाव थप बढिरहेका बेला भएको हो ।

दक्षिण कोरियाको संयुक्त चिफ्स अफ स्टाफले उत्तर कोरियाले पूर्वी समुद्री क्षेत्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । जापानको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत उत्तर कोरियाबाट केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको जानकारी दिएको थियो । त्यसको केही समयपछि मन्त्रालयले जापान आसपासका क्षेत्रमा कुनै प्रत्यक्ष असर नपरेको स्पष्ट पारेको छ ।

यो प्रक्षेपण उत्तर कोरियाले जापानमाथि आफ्नो सैन्य उपस्थिति विस्तार गरेर क्षेत्रलाई ‘युद्धको अवस्थामा’ पु¥याएको आरोप लगाएको भोलिपल्ट भएको हो । जापानले हालै प्रशान्त क्षेत्रमा आफ्नो सुरक्षा क्षमता विस्तार गर्ने नीति अघि बढाएको छ ।

जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले यसै साता चीन, रुस र उत्तर कोरियाबाट बढ्दो सुरक्षा चुनौती देखिएको भन्दै सेनाको क्षमता ‘तत्काल र सङ्कटको भावना’ का साथ सुदृढ बनाउनुपर्ने बताउनुभएको थियो ।

यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको वक्तव्यमा जापानको सैन्य नीतिमा आएको परिवर्तनका कारण प्योङयाङले थप सैन्य विकल्प विकास गर्ने बताउनुभएको छ ।

सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ता विफल भएपछि उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय आणविक शक्ति’ घोषणा गर्दै आएको छ । त्यसयता उसले क्षेप्यास्त्र तथा आणविक कार्यक्रमलाई निरन्तर विस्तार गरिरहेको छ ।

विश्लेषकहरूका अनुसार उत्तर कोरियाले रुससँग आर्थिक तथा सैन्य सम्बन्ध अझ सुदृढ बनाएको छ । युक्रेन युद्धमा मस्कोलाई सैनिक र हतियार उपलब्ध गराएबापत उसले आर्थिक सहायता, खाद्यान्न, ऊर्जा तथा सैन्य प्रविधि प्राप्त गरिरहेको विश्वास गरिएको छ ।

उत्तर कोरियाले दक्षिण कोरियालाई आफ्नो ‘सबैभन्दा शत्रुतापूर्ण’ प्रतिद्वन्द्वीका रूपमा चित्रण गर्दै आएको छ । यद्यपि दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले सन् २०२५ को जुनमा पदभार ग्रहण गरेपछि कुनै पूर्वसर्त नराखी प्योङयाङसँग वार्ता गर्न प्रस्ताव गर्नुभएको थियो । तर उत्तर कोरियाले ती प्रस्तावप्रति हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

जापानको रक्षा मन्त्रालयले किम यो जोङको पछिल्लो अभिव्यक्तिबारे प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गर्दै आफ्नो रक्षा नीति पूर्ण रूपमा आत्मरक्षामा आधारित रहेको जनाएको छ । मन्त्रालयले जापानको सैन्य क्षमता अन्य मुलुकलाई धम्क्याउने उद्देश्यले नभई युद्ध रोक्ने उद्देश्यले विकास गरिएको स्पष्ट पारेको छ ।

जापानले सन् २०२५ मा आफ्नो रक्षा बजेट ९.७ प्रतिशतले बढाएर ६२ अर्ब २० करोड अमेरिकी डलर पु¥याएको थियो । यो सन् १९५८ यताकै उच्च अनुपात मानिन्छ । यसबारे उत्तर कोरियाका प्रमुख साझेदार चीनले पनि जापानमा ‘नयाँ सैन्यवाद’ बढिरहेको भन्दै चिन्ता व्यक्त गर्दै आएको छ ।

सन् १९५०–५३ को कोरियाली युद्ध शान्ति सन्धिबिना केवल युद्धविराममा टुङ्गिएकाले उत्तर र दक्षिण कोरिया आज पनि प्राविधिक रूपमा युद्धकै अवस्थामा रहेका छन् । (रासस\एएफपी)