३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु

लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जना पक्राउ

लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जना पक्राउ
अ+ अ-

काठमाडौँ। प्रहरीले लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाडौँ, नवलपरासी पूर्व, सिन्धुली, सुनसरी, झापा, कास्की, भक्तपुर, मोरङ, तनहुँ, बझाङ, बाँके र चितवनबाट लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँको महानगरपालिका-१६ बाइपास बस्ने ५३ वर्षीया शान्ती नगरकोटीलाई नियन्त्रित लागुऔषध डाइजेपाम १७ एम्पुल, बुप्रेनोर्फिन १७ एम्पुल, प्रमोथाजाइन १७ एम्पुल र रु दुई लाख २६ हजार ८५० सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासीपूर्वको देवचुली नगरपालिका-२ सिजी अगाडि अङ्कित रेष्टुरेन्ट एण्ड लजबाट नियन्त्रित लागुऔषध डाइजेपाम ४१ एम्पुल, बुप्रेनोर्फिन ४० एम्पुल र फेनारगन ३९ एम्पुलसहित दुई, सिन्धुलीको दुधौली नगरपालिका-९ श्रीमन पेट्रोपम्प नजिकबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४४ ग्राम ३४० मिलिग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका-१६ बाट पाँच, दुहबी नगरपालिका-५ फुटबल चोकबाट एक र इटहरी उपमहानगरपालिका-५ जन्ताबस्तीबाट एक जना पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ दुई ग्राम ४९० मिलिग्रामसहित इलाम सुर्योदय नगरपालिका-४ का २६ वर्षीय सलमान थापालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित मण्डल खाजा घरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १४५ ग्राम २७० मिलिग्राम र डिजिटल तराजु एक थानसहित ४० वर्षीय चन्देश्वर महतोलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सल्लाघारीबाट नियन्त्रित लागुऔषधसहित भक्तपुर नगरपालिका-९ च्यामासिंह बस्ने २२ वर्षीय रीतिक प्रजापतिलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका-१६ दरैयाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ तीन ग्राम ८४० मिलिग्रामसहित बेलबारी नगरपालिका-१ बस्ने ३१ वर्षीय अजय साही, धनपालथान गाउँपालिका-२ भवानीपुरस्थित बारीबाट २७ वर्षीय सुमनकुमार साह र २७ वर्षीय अमर साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ९४० मिलिग्रामसहित लेटाङ नगरपालिका-२ बस्ने २५ वर्षीय विकास भुजेलसहित दुई, तनहुँको म्याग्दे गाउँपालिका-२ जामुनेबाट दुई, बझाङको जयपृथ्वी नगरपालिका-११ धामीलेखबाट एक, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट एक र चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस