२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोरोना भाइरसले नेपाल भ्रमण वर्षमा कुनै असर परेको छैन’



अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्यले नोवल कोरोना भाइरसका कारण पर्यटन वर्षका कुनैपनि कार्यक्रमहरु प्रभावित नभएको बताउनुभएको छ ।

शुक्रबार ‘नेपालको ट्राभल उद्योगमा कोरोना भाइरसको प्रभाव’ विषयमा काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै संयोजक वैद्यले पर्यटन वर्षका कुनैपनि कार्यक्रमहरु कोरोना भाइरसका कारण प्रभावित नहुने बताउनुभएको हो ।

उहाँले भ्रमण वर्षको लक्ष्य २० लाख पर्यटन नेपाल भित्र्याउने मात्र नभई नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने र लगानी गर्ने पनि भएकाले कोरोना भाइरसको प्रभाव नपर्ने दावी गर्नुभएको हो । उहाँले भ्रमण वर्षमा पर्यटकीय गन्तव्यहरुको विकास गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने काम भइरहेको बताउनुभयो । भ्रमण वर्षको उद्देश्य पर्यटनको गन्तव्यहरु विकास गरी नयाँ रोजगारी सिर्जना गर्ने पनि भएकाले ती कामहरु भइरहेको बताउनुभयो ।

सगरमाथा, पोखरा, चितवन, काठमाडौंमा मात्र केन्द्रीत भएको पर्यटनलाई सूदुरपश्चिमदेखि पूर्वसम्म फैलाउन कोरोना भाइरसले कुनैपनि अवरोध नगरेको उहाँले बताउनुभयो ।

उहाँले कोरोना भाइरसको कारण २० लाख पर्यटक आउन नसकेपनि भ्रमण वर्षलाई पर्यटनको आधार वर्षको रुपमा लिइएकाले आगामि वर्षदेखि पर्यटकहरुको वृद्धि हुनेगरी काम भइरहेको बताउनुभयो । उहाँले भ्रमण वर्ष २०२० लाई पर्यटनको आधार वर्षको रुपमा तयार गरी पर्यटकीय क्षेत्रमा लगानी वृद्धि गर्ने, प्रवद्र्धन गर्ने काम भइरहेको जानकारी समेत दिनुभयो ।