२७ भाद्र २०८३, शनिबार
,
Latest
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोरोना भाइरसले नेपाल भ्रमण वर्षमा कुनै असर परेको छैन’



अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्यले नोवल कोरोना भाइरसका कारण पर्यटन वर्षका कुनैपनि कार्यक्रमहरु प्रभावित नभएको बताउनुभएको छ ।

शुक्रबार ‘नेपालको ट्राभल उद्योगमा कोरोना भाइरसको प्रभाव’ विषयमा काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै संयोजक वैद्यले पर्यटन वर्षका कुनैपनि कार्यक्रमहरु कोरोना भाइरसका कारण प्रभावित नहुने बताउनुभएको हो ।

उहाँले भ्रमण वर्षको लक्ष्य २० लाख पर्यटन नेपाल भित्र्याउने मात्र नभई नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने र लगानी गर्ने पनि भएकाले कोरोना भाइरसको प्रभाव नपर्ने दावी गर्नुभएको हो । उहाँले भ्रमण वर्षमा पर्यटकीय गन्तव्यहरुको विकास गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने काम भइरहेको बताउनुभयो । भ्रमण वर्षको उद्देश्य पर्यटनको गन्तव्यहरु विकास गरी नयाँ रोजगारी सिर्जना गर्ने पनि भएकाले ती कामहरु भइरहेको बताउनुभयो ।

सगरमाथा, पोखरा, चितवन, काठमाडौंमा मात्र केन्द्रीत भएको पर्यटनलाई सूदुरपश्चिमदेखि पूर्वसम्म फैलाउन कोरोना भाइरसले कुनैपनि अवरोध नगरेको उहाँले बताउनुभयो ।

उहाँले कोरोना भाइरसको कारण २० लाख पर्यटक आउन नसकेपनि भ्रमण वर्षलाई पर्यटनको आधार वर्षको रुपमा लिइएकाले आगामि वर्षदेखि पर्यटकहरुको वृद्धि हुनेगरी काम भइरहेको बताउनुभयो । उहाँले भ्रमण वर्ष २०२० लाई पर्यटनको आधार वर्षको रुपमा तयार गरी पर्यटकीय क्षेत्रमा लगानी वृद्धि गर्ने, प्रवद्र्धन गर्ने काम भइरहेको जानकारी समेत दिनुभयो ।