४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा देउवा

डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा देउवा
अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः डडेलधुराबाटै उम्मेदवार बन्ने भएका छन्।

२०४८ सालदेखि निरन्तर डडेलधुरा क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन जित्दै आएका देउवाले यसपटक अन्तिम पटक प्रतिस्पर्धा गर्ने तयारी गरेको स्रोतहरूले जनाएका छन्।

नेपाली कांग्रेसले मातहतका सबै पार्टी कार्यालयलाई मंसिर मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएपछि डडेलधुरामा देउवाप्रति व्यापक आकांक्षा रहेको जिल्ला सभापति भीमबहादुर साउद बताउँछन् ।

उनका अनुसार जिल्लावासी र पार्टी कार्यकर्ताहरूले देउवाले फेरि एक पटक उम्मेदवारी दिउन् भन्ने चाहना व्यक्त गर्दै आएको र सो जानकारी सभापति देउवालाई समेत गराइएको छ।

उम्मेदवार सिफारिसका लागि मंसिर २४ गते कांग्रेस डडेलधुराको जिल्ला कार्यसमिति बैठक बस्नेछ। सो बैठकले देउवाको नाम सिफारिस गर्ने निश्चित रहेको साउदले बताए।

यसैबीच, नेता तथा कार्यकर्तासँगका भेटघाटमा देउवाले पनि अन्तिम पटक निर्वाचन प्रतिस्पर्धामा उत्रने संकेत दिएका छन्। मंगलबार बिहान देउवासँग भेट गरेका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इन्जिनियर भुवन भट्टका अनुसार देउवाले ‘अन्तिम पटक’ चुनाव लड्ने तयारी गरेको बताएका हुन्।

देउवा २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाट विजयी हुँदै सात पटकसम्म अपराजित रहन सफल भएका छन्।

२०४६ सालको जनआन्दोलनपछि भएको प्रत्येक निर्वाचनमा प्रतिस्पर्धा र विजय हासिल गर्ने उनी एक मात्र नेता मानिन्छन्। गृहमन्त्री (२०४८) र पाँच पटक प्रधानमन्त्री बनेका देउवा अब आठौँ पटक निर्वाचनमा प्रतिस्पर्धा गर्न तयारी अवस्थामा छन्।