२३ मंसिर २०८२, मंगलवार
,
Latest
विश्वले अभूतपूर्व जल सङ्कटको सामना गरिरहेको छः मन्त्री डा परियार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्न प्रतिबद्धः मुख्यमन्त्री कार्की सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु लोकतन्त्रभित्र राजतन्त्र समेटौँँ: रविन्द्र मिश्र सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट ठेक्का रुग्ण बनाउन राजनीतिक नेतृत्वदेखि सचिवहरुको पनि हात छः रवि सिंह प्रतिनिधिसभा विघटन र कार्की सरकार गठनविरुद्ध कांग्रेसको रिट दर्ता, पुस २ गते पेशी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा देउवा



अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः डडेलधुराबाटै उम्मेदवार बन्ने भएका छन्।

२०४८ सालदेखि निरन्तर डडेलधुरा क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन जित्दै आएका देउवाले यसपटक अन्तिम पटक प्रतिस्पर्धा गर्ने तयारी गरेको स्रोतहरूले जनाएका छन्।

नेपाली कांग्रेसले मातहतका सबै पार्टी कार्यालयलाई मंसिर मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएपछि डडेलधुरामा देउवाप्रति व्यापक आकांक्षा रहेको जिल्ला सभापति भीमबहादुर साउद बताउँछन् ।

उनका अनुसार जिल्लावासी र पार्टी कार्यकर्ताहरूले देउवाले फेरि एक पटक उम्मेदवारी दिउन् भन्ने चाहना व्यक्त गर्दै आएको र सो जानकारी सभापति देउवालाई समेत गराइएको छ।

उम्मेदवार सिफारिसका लागि मंसिर २४ गते कांग्रेस डडेलधुराको जिल्ला कार्यसमिति बैठक बस्नेछ। सो बैठकले देउवाको नाम सिफारिस गर्ने निश्चित रहेको साउदले बताए।

यसैबीच, नेता तथा कार्यकर्तासँगका भेटघाटमा देउवाले पनि अन्तिम पटक निर्वाचन प्रतिस्पर्धामा उत्रने संकेत दिएका छन्। मंगलबार बिहान देउवासँग भेट गरेका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इन्जिनियर भुवन भट्टका अनुसार देउवाले ‘अन्तिम पटक’ चुनाव लड्ने तयारी गरेको बताएका हुन्।

देउवा २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाट विजयी हुँदै सात पटकसम्म अपराजित रहन सफल भएका छन्।

२०४६ सालको जनआन्दोलनपछि भएको प्रत्येक निर्वाचनमा प्रतिस्पर्धा र विजय हासिल गर्ने उनी एक मात्र नेता मानिन्छन्। गृहमन्त्री (२०४८) र पाँच पटक प्रधानमन्त्री बनेका देउवा अब आठौँ पटक निर्वाचनमा प्रतिस्पर्धा गर्न तयारी अवस्थामा छन्।