१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रका आईजीपी अर्याल बयान दिन आयोगमा



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल भदौ २३ र २४ का घटनासम्बन्धी बयान दिन छानबिनका लागि गठित जाँचबुझ आयोग पुगेका छन्।

जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते देखिएको परिस्थिति, त्यसको भोलिपल्ट अर्थात् भदौ २४ गते उत्पन्न तनावपूर्ण स्थिति, नयाँ बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्थापन तथा सुरक्षा निकायबीचको समन्वय अभावबारे आयोगले अर्यालसँग विस्तृत रूपमा जानकारी लिइरहेको आयोग स्रोतले जनाएको छ।

उक्त घटनामा सशस्त्र प्रहरीको भूमिका, निर्णय प्रक्रिया र सुरक्षा संयोजनका विषयमा पनि आयोगले प्रश्न सोधपुछ गरेको छ।

यसअघि आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायत जिम्मेवार अधिकारीहरूको बयान लिइसकेको छ।

आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि बयान लिने तयारी गरेको छ।