२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई एमालेको महाधिवेशनको निम्तो



अ+ अ-

काठमाडौं । नेकपा एमालेले आगामी शनिबार हुने ११औं महाधिवेशनको उद्घाटन समारोहका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई औपचारिक निमन्त्रण दिएको छ।

एमालेका पूर्वप्रमुख सचेतक महेश बर्तौला र महाधिवेशन अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ देउवा निवास पुगेसँगै निम्तो हस्तान्तरण गरिएको हो।

एमालेको निमन्त्रणप्रति सभापति देउवाले सकेसम्म कार्यक्रममा सहभागी हुने आश्वासन दिएको बताइएको छ। भेटका क्रममा समसामयिक राजनीतिक विषयमा संक्षिप्त छलफल समेत भएको बुझिएको छ।

छलफलको क्रममा देउवाले संसद पुनर्स्थापनाको अपरिहार्यताबारे जोड दिएका थिए। एमालेको महाधिवेशन उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरिँदै आएको छ।