२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न



अ+ अ-

काठमाडौँ । लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ ।

नेपालस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको यो कार्यक्रममा बौद्ध धर्म र दुई देशको साझा सांस्कृतिक सम्पदामा केन्द्रित थियो ।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदुतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा गर्नभयो । कार्यक्रममा नागरिक समाज, शिक्षाविद्, वरिष्ठ भिक्षुहरू तथा लुम्बिनी विकास कोषका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सांस्कृतिक साँझमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ६ सदस्यीय टोलीले सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रश्तुत गरेको थियो । नेपाली ब्याण्ड ‘घुगु मुगु’ ले परम्परागत नेपाली संगीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । लुम्बिनीमा आयोजित यो तेस्रो संस्करणले भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई सांस्कृतिक माध्यमबाट अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।