२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चद्वारा हितेन्द्रदेवलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश गरेको सर्वोच्च अदालत प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

पदमुक्त गर्ने सरकारको निर्णय गैरकानुनी ठहर गर्दै सर्वोच्चले शाक्यलाई पुनः पदमा फर्काउने आदेश दिएको हो।

शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाई प्रशान्त कुमार मिश्रा नियुक्त गरिएको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारको निर्णय विधिसम्मत नरहेको निष्कर्ष निकालेको छ।

अदालतको आदेशसँगै अब प्राधिकरणमा फेरि शाक्य फर्किने भएका छन् ।

यसअघि शाक्यलाई सरकारले २०७८ सालमा पदमुक्त गरेको थियो। निर्णय प्रक्रियामा आवश्यक कानुनी आधार नदेखिएको भन्दै सर्वोच्चले उक्त कदम उल्ट्याएको हो।