२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि



अ+ अ-

काठमाडौँ । अधिकारकर्मीहरुले वर्तमान सरकारको आलोचना गरेका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अधिवक्ता राजुप्रसाद चापागाईं, मोहना अन्सारीलगायतका अधिकारकर्मीहरुले वर्तमान सरकारले पनि जेन—जी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् । वर्तमान सरकारले जनतालाई विश्वासमा लिने गरी पारदर्शी ढंगले काम गर्न नसकेको अधिवक्ता चापागाईंले आरोप लगाउनु भयो । उहाँले राजनीतिक नियुक्तिमा जथाभावी गरेर सरकारले पुरानै सरकारको चरित्र प्रर्दशन गरेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

अधिवक्ता चापागाईँले भन्नुभयो, ‘अहिलेकै सरकारमा बस्नेहरुको पनि कस्तो भईदियो भने घुस नखाने मान्छे मात्रै हो सुशासन दिने मान्छे भन्ने भयो । बाँकी जसरी नियुक्ती गर्ने पनि जस्तो मान्छेलाई नियुक्ती गरेपनि हुने भयो । कुनै पनि पारदर्शीताको कुरा छैन । अन्तरिम सरकारलाई पनि विश्वास गर्न सकिने अवस्था छैन ।’ 

मानव अधिकारकर्मी मोहना अन्सारीले जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारले गोली हानि हत्या गर्ने काम गरेको आरोप लगाउँदै दोषीलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने कुरालाई सरकारले ढिलाई गर्न नहुने बताउनु भयो ।

मानवअधिकारकर्मी अन्सारीले भन्नुभयो, ‘हामी नागरिकलाई मार्ने अधिकार कुन संविधानमा लेखिएको छ । यसको जवाफ तत्कालीन सरकारले दिनुपर्छ । त्यो कुरा मानव अधिकारकर्मीलाई पनि जानकारी हुनुपर्छ । रुल अफ ल प्राईमिनिष्टरलाई पनि लाग्छ । तत्कालिन प्राईमिनिष्टरलाई पनि लाग्छ । तत्कालीन क्याविनेटलाई पनि लाग्छ । रुल अफ ल मलाई मात्रै होइन, उहाँहरुलाई पनि लाग्नुपर्छ ।’

कार्यक्रममा जेन—जी अभियन्ताहरुले पनि जेन—जी आन्दोलनमा तत्कालीन सरकारले नागरिकको हत्या गरेको जिकिर गर्दै कारबाही गर्न ढिलाई गर्न नहुने बताएका थिए ।