१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि



अ+ अ-

काठमाडौँ । अधिकारकर्मीहरुले वर्तमान सरकारको आलोचना गरेका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अधिवक्ता राजुप्रसाद चापागाईं, मोहना अन्सारीलगायतका अधिकारकर्मीहरुले वर्तमान सरकारले पनि जेन—जी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् । वर्तमान सरकारले जनतालाई विश्वासमा लिने गरी पारदर्शी ढंगले काम गर्न नसकेको अधिवक्ता चापागाईंले आरोप लगाउनु भयो । उहाँले राजनीतिक नियुक्तिमा जथाभावी गरेर सरकारले पुरानै सरकारको चरित्र प्रर्दशन गरेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

अधिवक्ता चापागाईँले भन्नुभयो, ‘अहिलेकै सरकारमा बस्नेहरुको पनि कस्तो भईदियो भने घुस नखाने मान्छे मात्रै हो सुशासन दिने मान्छे भन्ने भयो । बाँकी जसरी नियुक्ती गर्ने पनि जस्तो मान्छेलाई नियुक्ती गरेपनि हुने भयो । कुनै पनि पारदर्शीताको कुरा छैन । अन्तरिम सरकारलाई पनि विश्वास गर्न सकिने अवस्था छैन ।’ 

मानव अधिकारकर्मी मोहना अन्सारीले जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारले गोली हानि हत्या गर्ने काम गरेको आरोप लगाउँदै दोषीलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने कुरालाई सरकारले ढिलाई गर्न नहुने बताउनु भयो ।

मानवअधिकारकर्मी अन्सारीले भन्नुभयो, ‘हामी नागरिकलाई मार्ने अधिकार कुन संविधानमा लेखिएको छ । यसको जवाफ तत्कालीन सरकारले दिनुपर्छ । त्यो कुरा मानव अधिकारकर्मीलाई पनि जानकारी हुनुपर्छ । रुल अफ ल प्राईमिनिष्टरलाई पनि लाग्छ । तत्कालिन प्राईमिनिष्टरलाई पनि लाग्छ । तत्कालीन क्याविनेटलाई पनि लाग्छ । रुल अफ ल मलाई मात्रै होइन, उहाँहरुलाई पनि लाग्नुपर्छ ।’

कार्यक्रममा जेन—जी अभियन्ताहरुले पनि जेन—जी आन्दोलनमा तत्कालीन सरकारले नागरिकको हत्या गरेको जिकिर गर्दै कारबाही गर्न ढिलाई गर्न नहुने बताएका थिए ।