१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागि परेको बताउनुभएको छ ।

सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री परियारले १६ औँ पञ्चवर्षिय योजनाले लिएको सबैका लागि सुलभ र पौष्टिक खाद्यान्न सुनिश्चित गर्ने योजनाअनुसार नै सरकारका कार्यक्रम केन्द्रित रहेको दाबी गर्नुभएको हो । राष्ट्रिय रणनीतिहरु प्रदेश तथा स्थानीय तहका खाद्य प्रणाली रुपान्तरण योजनसँग समायोजित गरिएको बताउनु भयो । साना तथा सिमान्तकृत कृषकहरुको क्षमता विकासमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वक्ताहरुले जलवायु अनुकुलनका खेती पद्धति अवलम्वन गर्ने दिशामा नेपाल लागिरहेको बताउनु भयो । कृषि अनुसन्धानलाई प्रचारसँग जोडेर कृषिको उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा उहाँहरुको जोड ।