२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईले पत्ता लगाएको गुप्तेश्वर महादेव गुफा ओझेलमा



अ+ अ-

खोटाङ । परापूर्वकालमा गाईले पत्ता लगाएको भनेर चिनिने खोटाङको अर्खैलेस्थित गुप्तेश्वर महादेव गुफा आझेलमा परेको छ । दर्शन गर्न सुतेरै पस्न र निस्कनुपर्ने अनौठो किसिमको गुप्तेश्वर महादेव गुफा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित दुक्सिलीमा अवस्थित छ । विशाल चट्टानको फेदमा अवस्थित गुप्तेश्वर महादेव गुफाभित्र सात जना दर्शनार्थी मात्र अटाउन सकिन्छ । कालो चट्टानले बनेका गुफामा थुप्रै शिला देख्न सकिन्छ । ती सबैको धार्मिक मान्यताअनुसार नामकरण गरिएका छन् । गुप्तेश्वर महादेवको विशाल गुफाभित्र महादेव, चन्द्रमा, गणेश, शिवजी, सप्तऋषि, महादेवको शिर र कछुवालगाइत थुप्रै आकृति देख्न सकिन्छ ।

त्यसमध्ये डेढ फिट उचाइको शिलालाई गुप्तेश्वर महादेव भन्ने गरिन्छ । गुफाभित्रको विशाल शिलाबाट चौबीसै घण्टा तपतप पानी चुहिरन्छ । गुफा पस्ने र निस्कने ठाउँमा गार्ई आकारको शिला टाढैबाट प्रस्ट देख्न सकिन्छ । गुप्तेश्वर महादेव विसं १७२६ सालमा पत्ता लागेको हो भन्ने विश्वास गरिइएको छ । अर्खौलेका स्थानीय बुढापाकाका अनुसार सोही ठाउँका सुवोध राईको एउटा ब्याउन लागेको गाई उसबेला गोठबाटै हराएको थियो । गोठबाटै हराएको गाई खोज्दाखोज्दै महिनौँ बित्यो । अहिलेको गुप्तेश्वर महादेव गुफा पारिपट्टि थियो सुवोधको गाई गोठ ।

सुवोधले धेरै दिनपछि गाईको गोठनजिकैको खेतमा आफ्नो गाईले धान खाइरहेको सपना देखेका थिए । उज्यालो भएपछि सुवोध त्यहाँ पुग्दा गाईले धान खाइरहेको देख्दा तीनछक परेका थिए । सपनामा देखेको गाईले विपनामा धान खाइरहेको देख्दा अचम्म लाग्नु अस्वाभाविक भने होइन । सुवोध धान खाइरहेको गाईनजिक पुग्दा गाई हराउँथ्योे । गाईधनी दुई/चार दिन त्यसरी धान खाइरहेको गाईको पछि लागेका थिए । गाईनजिक पुग्नेक्रममा हराएपछि सुवोधले कता–कता गाई कराएको आवाज सुनेका थिए । आवाज पहिल्याउँदै जाँदा धान खाइरहेको देखेको गाई गुफाभित्र देखिएको थियो ।

मानिस पस्न र निस्कन अप्ठ्यारो गुफाबाट गाई निकाल्न त्यति सजिलो थिएन । एक्लैले गाई निकाल्न नसक्ने भएपछि सुवोधले गाउँलेसँग हारगुहार मागे । सहयोगी लिएर गएका सुवोधसँगै गुफा पुगेका मध्ये केही भित्र पसे र केही बाहिरै बसे । भित्रकाले गार्ए धकले । बाहिरकाले दाम्लोको सहाराले ताने । तर, गाई निकाल्न सकिएन । गाई निकाल्न सहयोग गर्न पुग्नेले भने, ‘गाई निकाल्न सकिँदैन, माया मारौँ ।’ त्यसो भन्दै सहयोगी घर फर्के । गाईधनी सुवोध त्यहीँ बसे । आफ्नो गाईको माया लाग्नु स्वाभाविकै थियो सुवोधलाई । सुवोधले मनमनै सोचे, ‘मलाई भगवानले छल त गरेन ?’ सुवोधले मनमनै आराधना गरे ।

पूजाआजामात्रै होइन, भाकलसमेत गर्न भ्याए । त्यती गरेपछि गुफाबाट गाई सजिलै बाहिरियो । त्यत्रा सहयोगीसहित निकाल्ने प्रयास गर्दा निकाल्न नसकिएको गाई गाईधनी सुवोध एक्लैले निकाले । त्यसपछि गाउँभरि चर्चा–परिचर्चा भयो । त्यसपछि यस गुफालाई ‘गुप्तेश्वर महादेव गुफा’ भन्न थालिएको हो । गुप्तेश्वर महादेव गुफा त्यति पुरानो मानिए पनि यसको प्रचारप्रसार र प्रवद्र्धन भने हुन सकेको छैन । गुप्तेश्वर महादेव गुफामा पाँच वर्षअघिदेखि मात्र आन्तरिक तथा वाह्य पर्यटक पुग्ने गरेका अर्खोलेका स्थानीवासी बताउँछन् ।

पछिल्लो समय हलेसी आइपुगेका बौद्ध धर्मावलम्बी गुप्तेश्वर नपुगे यात्रा अधुरो भएको सम्झने गरेको पाइएको छ । अहिले भारत, भुटान, श्रीलङ्का, ताइवान, कोरिया, सिङ्गापुर, हङ्गेरी र हल्यान्डलगाइतका बौद्ध धर्मावलम्बी गुप्तेश्वर महादेव टेकिसकेको पूजारी हीराधन राईले बताए । पछिल्लो समय गुप्तेश्वर महादेव गुफा पर्यटकीस्थल बन्दै गएको वडाध्यक्ष ज्ञानबहादुर पुरीले बताए । ‘अर्खौलेमा सुत्केरी ढुङ्गा, गुप्तेश्वर महादेवलगाइत अन्य पर्यटकीयस्थलसमेत रहेका छन्’, उनले भने, ‘अहिलेसम्म प्रचार–प्रसार हुनसकेको छैन । ती धार्मिक तथा पर्यटकीयस्थलको प्रवद्र्धन गर्दै प्रचारप्रसार थालिएको छ ।’

गुप्तेश्वर महादेव गुफा आसपासमै पार्वतीथान र सिकारीथानसमेत रहेका छन् । छेउमै बगेको कलकल पानीले गुप्तेश्वर पुगेकालाई आनन्दित तुल्याउँछ । गाउँको पुछारमा रहेकाले शान्त वातावरण छ । खोलाछेउ मात्रै होइन, घनाजङ्गलबीचमा भएकाले गुप्तेश्वर पुगेकाले शीतल अनुभूति गर्छन् । त्यहाँसम्म पुगेका आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि केही पसलसमेत खोलिएका छन् । पर्यटकलाई जानकारी गराउन बाटामा कोही न कोही पथप्रदर्शक भेटिन्छन् ।

एकान्त ठाउँमा रहेको उक्त गुप्तेश्वर महादेव गुफामा बर्खाभन्दा हिउँदमा पर्यटक धेरै आउने गरेको स्थानीयवासीले बताएका छन् । अर्खौले बजारबाट करिब पाँच किलोमीटर दूरीमा रहेको उक्त गुप्तेश्वर महादेव गुफा पुग्न ओरालो र फर्कंदा उकालो बाटो पैदल हिड्नुपर्ने हुन्छ । गुप्तेश्वर महादेव गुफाको केही माथिसम्म यातायातका सावरी साधन पुग्ने गरेको छ । सडकमा सवारी साधन पार्किङ गरेर करिव १० मिनेट पैदल हिँड्नुपर्छ । सौर्य दैनिक




भर्खरै