२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा विश्वस्त रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ—३ बाट सर्वसम्मत सिफारिस हुनुभएका शर्माले सोही कार्यक्रमस्थलमा यस्तो बताउनुभएको हो । उहाँले २०८२ सालमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्नुहुँदै काँग्रेसले मोरङ—३ मा जस्तै अन्य स्थानमा पनि मेलमिलापसहित प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गर्नुपर्ने बताउनु भयो । देशभरका १६४ क्षेत्रले यसलाई रोल मोडलको रुपमा मानेर आम देशभरका नेपाली काँग्रेसका नेता,कार्यकर्ताले आफ्नो आफ्नो क्षेत्रमा आफ्ना उम्मेदवारलाई निर्विरोध गरेर नयाँ सञ्चारसहित काँग्रेसलाई नयाँ उर्जा भरेर मुलुकभर लैजानुपर्ने बताउनु भयो । आफू मन्त्री हुने वा नहुने अर्को पाटो भएपनि इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो ०८२ सालमा चुनाव हुन्छ हुँदैन थाहा छैन । चुनाव भयो भने नेपाली काँग्रेसलाई एउटा ठूलो सन्देश हो, काँग्रेस पार्टीभित्र हृदयबाटै मेलमिलापसहित प्रतिनिधि सभामा अरु ठाउँमा पनि सर्वसम्मत हुन सक्दो रहेछ भनेजस्तै देशभरका १६४ क्षेत्रले यसलाई रोल मोडलको रुपमा मानेर आम देशभरका नेपाली काँग्रेसका नेता,कार्यकर्ताले आफ्नो आफ्नो क्षेत्रमा आफ्ना उम्मेदवारलाई निर्विरोध गरेर नयाँ सञ्चारसहित काँग्रेसलाई नयाँ उर्जा भरेर मुलुकभर लैजानुहुन्छ, नेपाली काँग्रेसले फेरि पनि बहुमत ल्याउँछ, त्यो सबैभन्दा ठूलो सफलता हो र ३ नम्बर क्षेत्रका सबै नेताहरु नेपाली काँग्रेसका कार्यकर्ता र नेताहरु धन्यवादको पात्र हुनुहुन्छ । मन्त्री हौँला नहोला फरक कुरा हो । तर इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर भगवानले प्रदान गर्नुहुनेछ ।’

निर्वाचन क्षेत्र नम्बर ३ का जनताले डा. शर्माको विकल्प नभएको बताए । मन्त्री बन्ने आशिर्वाद आफूहरुले दिनुपर्ने बताए । प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ—३ बाट नेपाली काँग्रेसले शर्माको एकल नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिको बैठकले डा. शर्मालाई आगामि हुने प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेसँगै नेपालभर नै नेपाली काँग्रेसको उम्मेदवार हुन सिफारिस हुनेमा डा. शर्मा पहिलो समेत भएका छन् । काँग्रेस केन्द्रले प्रत्येक क्षेत्रबाट एक महिलासहित तीनजनासम्मको नाम सिफारिस गर्न सर्कुलर पठाएकोमा मोरङ—३ मा भने अन्य कुनै नेताले उम्मेदवारी दाबी गरेनन् ।




भर्खरै