२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने



अ+ अ-

काठमाडौँ। टेनिसकी युवा खेलाडी शिभाली गुरुङले ग्राण्डस्लाम प्रतियोगिता अष्ट्रेलियन ओपन खेल्ने पक्का भएको छ ।

नेपालबाट ग्रान्डस्लाम खेल्ने पहिलो खेलाडीको ईतिहास रच्दै शिभालीले अर्को महिना सुरु हुने अष्ट्रेलियन ओपन टेनिस खेल्ने पक्का भएको हो । शिभालीले अष्ट्रेलियन ओपनको १४ वर्ष मुनिको जुनियर इलिट ट्रफी विधामा प्रतिस्पर्धा गर्नेछिन् । अष्ट्रेलियाको मेलवर्नमा हुने प्रतियोगिता सन् २०२६ को जनवरी १४ देखि ३० तारिकसम्म सञ्चालन हुनेछ ।

शिभाली ग्रान्डस्लामसम्म पुग्ने नेपालको पहिलो खेलाडी हुन् । उनले उमेर समूहको प्रतियोगितामा उच्च प्रर्दशन गर्दै ग्रान्डस्लामसम्मको यात्रा तय गरेकी हुन् । शिभाली हाल १४ वर्ष मुनिको एसिया वरियताको तेस्रो नम्बरमा छिन् ।

नेपालबाट एसियाको तेस्रो वरियतामा पुग्ने उनी पहिलो खेलाडी हुन् । शिभालीले ग्राण्डस्लाम प्लेयर डेभलोपमेन्ट प्रोग्राम आईटिएफ एटिएफ अन्तर्गत टेनिस टू युरोप कार्यक्रम अन्तर्गत फ्रान्स, जर्मनी, बेल्जियम लगायत देशको भ्रमण गरेकी थिईन् ।

शिभालीले शुक्रबार मात्र पोखरामा सम्पन्न आइटिएफ जे ३० फस्ट विक प्रतियोगितामा सिंगल्स र डबल्स विधामा दुई स्वर्ण पदक जितेकी छिन् । भर्खरै १४ वर्षमा प्रवेश गरेकी शिभाली आईटिएफ जे ३० प्रतियोगिता जित्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छिन् ।