३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशिल र रोजनलाई स्वर्ण



अ+ अ-

काठमाडौं । सुशिल न्यौपाने र रोजन गौतमले चौथो आरुणी कप उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । सुशिल यु–१० तथा रोजन यु–१२ ब्वाइज सिंगल्समा च्याम्पियन बने । स्वर्ण विजेताद्वय आयोजक आरुणी स्कुलका हुन् ।

यु–१० ब्वाइज सिंगल्स फाइनलमा सुशिलले आफ्नै स्कुलका गौरव बस्नेतलाई ११–५, ६–११, १३–११ र ११–९ को सेटमा पराजित गरे । यु–१२ ब्वाइज सिंगल्स फाइनलमा रोजनले विजेश्वरीका एड्रिन शाहीलाई ११–७, ५–११, ११–५, ६–११ र ११–० को सेटमा हराए ।

यु–१६ ब्वाइज सिंगल्समा एभरेष्टका समिर खत्री पहिलो भए । उनले फाइनलमा आरुणीका सुशान्त चौलागाईंलाई ११–८, ११–८ र १२–१० को सोझो सेटमा पाखा लगाए । यु–१४ ब्वाइज सिंगल्स फाइनलमा एभरेष्टका हिमाल विष्टले प्रोक्सिमाका रोमन थापा मगरलाई ११–८, ११–७ र ११–२ को सीधा सेटमा पन्छ्याउदै स्वर्ण जिते ।

ब्वाइज डबल्समा एभरेष्टका समिर खत्री र हिमाल विष्टको जोडीले स्वर्ण जिते । फाइनलमा उक्त जोडीले आरुणीका सुशान्त चौलागाईं र रोजन गौतमको जोडीलाई ११–५, ११–६ र १२–१० ले निराश पारे । सोही स्पर्धाको गल्र्स फाइनलमा प्रोक्सिमाका दिया देउला र नर्मदा खाइतुको जोडीले प्रभातका आरती सुवाल र प्रदिपा सुवालको जोडीमाथि ११–७, ११–९ र ११–८ को जित दर्ता गर्दै पहिलो स्थान हात पारे ।

विजेतालाई आरुणीको अभिभावक दिवसका दिन शनिबार पुरस्कृत गरिने आरुणीका प्रिन्सिपल हिक्मत दाहालले जनाएका छन् । त्यसै दिन टिम च्याम्पियनको पनि घोषणा गरिने छ । दुईदिने प्रतियोगितामा ३२ विद्यालयका ३ सय १६ खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । ४ स्पर्धाको फाइनल शनिबार नै सम्पन्न भइसकेको छ ।