४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता

कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
अ+ अ-

दोहा । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र कतार न्युज एजेन्सी (क्युएनए) का उच्च अधिकारीहरूबीच समाचार आदानप्रदानसहित द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको छ ।

‘दोहा फोरम’मा सहभागी हुने क्रममा कतारमा रहनुभएका कार्यकारी अध्यक्ष झाले आज क्युएनएको प्रधान कार्यालय पुगी उच्च अधिकारीहरूसँग सहयोग र सहकार्यलगायत समसामयिक विषयमा छलफल गर्नुभएको हो ।

सो अवसरमा क्युएनएका समाचार विभागका निर्देशक युसुफ याकुब अल हमादी र कानुन विभागका सहायक निर्देशक आम्ना अहमद अल हमैदीले कार्यकारी अध्यक्ष झालाई स्वागत गर्दै समझदारीपत्रमा उल्लेख भएबमोजिम सहयोग र सहकार्यको नीतिलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउन क्युएनएका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

क्युएनए र राससका बीच समाचार आदानप्रदान गर्ने सहमति भएपछि कतार र नेपालका साथै दुवै देशका जनता लाभन्वित भएकामा खुसी व्यक्त गर्दै क्युएनएका उच्च अधिकारीहरूले आपसी भ्रमण तथा तालिम कार्यक्रमको व्यवस्था गरी द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ, सुदृढ र मित्रवत् बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, राससका कार्यकारी अध्यक्ष झाले मित्रराष्ट्र कतारको समाचार समिति ‘क्युएनए’सँग साझेदारी र सहकार्य गर्न पाउनु नेपाल र राससका लागि खुसीको विषय भएको उल्लेख गर्दै नेपाली समुदायको उल्लेख्य बसोबास रहेको हाम्रो एक महत्वपूर्ण मित्रराष्ट्र कतारसँग सम्बन्धित समाचार सामग्रीलाई उच्च प्राथमिकता दिई राससले सम्प्रेषण गर्दै आएको जानकारी दिनुभयो ।

राससको सेवा र नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै कार्यकारी अध्यक्ष झाले गुणस्तरीय समाचार सामग्रीसहित क्षमता अभिवृद्धिसम्बन्धी तालिम, पुस्तकालय सुदृढीकरण, सङ्ग्रहालय स्थापना तथा व्यवस्थापन र आधुनिक सूचना प्रविधिका क्षेत्रमा उदाहरणीय काम गरिरहेको राससले स्रोतसाधन सम्पन्न ‘क्युएनए’बाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

उहाँले नेपालको मध्यपूर्वमा द्विपक्षीय सम्बन्ध भएको, धेरै नेपालीको बसोबास रहेको र चमत्कारिक रुपमा विकास गरिरहेको समृद्ध एवं वैभवशाली देश कतारबाट नेपालीले सिक्नुपर्ने विषय धेरै रहेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

कार्यकारी अध्यक्ष झाले दुवै देशका समाचार संस्थाबीच समाचार सामग्री आदानप्रदान गर्ने क्रममा हामीबीच यसअघि भएको औपचारिक समझदारीलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग र सहकार्यको नीतिलाई अझ प्रभावकारी, फलदायी र उपलब्धिमूलक बनाउने सन्दर्भमा क्युएनए उच्च अधिकारीहरूबाट प्राप्त हार्दिकता, सदासयता र प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

कतारका राजाको औपचारिक भ्रमणका क्रममा २०८१ साल वैशाख १२ गते काठमाडौँमा आयोजित विशेष समारोहमा ‘रासस’ र ‘क्युएनए’ बीच समाचार सामग्री आदानप्रदानसम्बन्धी समझदारी भएको थियो । नेपालको विकास निर्माणसहित विभिन्न गतिविधिमा सहयोग पुर्याउँदै आएको र कामका सिलसिलामा उल्लेख्य सङ्ख्यामा नेपाली समुदायको बसोबास रहेको ‘कतार’ को सरकारी समाचार समिति ‘क्युएनए’ र नेपालस्थित राज्यद्वारा सञ्चालित राससबीच समाचार सामग्री आदानप्रदान हुँदै आएको छ ।