काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोड इतिहासकै दुःखद् घटना भएको बताउनुभएको छ ।
आईतवार सिंहदरबारको वस्तुस्थिति अवलोकन गरेपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत भदौ २४ गते सरकारी भवनहरुमा तोडफोड, आगजनी र लुटपाट हुनु दुःखको कुरा भएको बताउनु भयो । सिंहदरबारको स्थिति हेर्दा दुःख लागेको पनि बताउनु भयो । उहाँले सरकारले चाँडै उक्त भवनहरुको पुनःनिर्माण गरी पुरानै अवस्थामा ल्याउने विश्वास आफ्नो रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भदौ २४ गते जुन घटना भयो, सरकारी भवनहरु तोडफोड, आगजनी, लुटपाटका घटना भए । यहाँको परिस्थिति कस्तो छ भनेर आएको हो । यहाँको अवस्था हेर्दा धेरै दुःख लाग्यो । नेपाल सरकारले चाँडै यिनीहरुको पुनःनिर्माण गरेर पुरानो अवस्थामा ल्याउनेछ भन्ने आशा गरेको छु । तोडफोड, आगजनी, लुटपाट नेपाली जनताका लागि दुःखद् घटना हो । नेपालको इतिहासमा कहिल्यै नभएको दुःखद् घटना हो । भविष्यमा पनि यस्तो कुनै घटना नहोस् ।’
उहाँले तोडफोड, आगजनी, लुटपाट नेपाली जनताका लागि दुःखद् घटना भएको बताउनुहुँदै यस्तो घटना नेपालको इतिहासमा कहिल्यै नभएको र भविष्यमा पनि हुन नहुने बताउनु भयो ।










