४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘भेडा मरेर के भो मन मरेको छैन’

‘भेडा मरेर के भो मन मरेको छैन’
अ+ अ-

चेहेरे चौर (जुम्ला) । चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौँ भयो । जुम्ला बजारबाट करिब चार किलोमिटर माथि मनमोहक डाँडामा हिउँद र वर्षात् दुवै समयमा स्थानीयवासीले गाई, गोरु, बाख्रा, बोका, खसी, भैँसी, भेडा, च्याङ्ग्रा लगायतका चौपाया   यहाँ चरनका लागि ल्याउँदछन् ।

चन्दननाथ नगरपालिका–३ स्थित यस पाटन (चौर क्षेत्र) मा चन्दननाथ–२ खोलीकोट, भण्डारीवाडा , चन्दननाथ–३ शान्तिनगर, सिंखडावाडा, बस्थवाडासहित कनकसुन्दरी गाउँपालिकाका चौपायाको चरन क्षेत्र हो । चौरमाथिको उपल्लो जङ्गल जहाँ बाघ, भालुसहित कालिज र डाँफेको बासस्थान क्षेत्र पनि हो ।

पाटनमा बाक्लो हिउँ पर्न छाडेपछि चन्दननाथ–३ भेडापालक किसान जङ्गबहादुर खत्री चिन्तित  हुनुहुन्छ नै । पछिल्ला दिनमा  उहाँ खुसी  देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पाटनमा बाक्लो हिउँ नपर्दा चरन क्षेत्रमा घाँसपातसहित अन्य झारपात र जडीबुटीका बिरुवा कम उम्रिन थाले । चौपायासहित जङ्गली जनावरलाई पाटनमा चरेर अघाउनै मुश्किल भयो । ” उहाँका अनुसार बाक्लो हिउँ परेको वर्ष पाटन क्षेत्रमा घासपात, झारपात धेरै उम्रिन्थे । जलवायु परिवर्तनका असर यहाँ पनि देखिएको छ ।

यस स्थानमा साँझ बिहान सिरेटो (हावा) चलेर अत्यधिक चिसो हुन्छ । स्थानीयवासीले सूर्योदयपछिको पारिलो घाममा मात्र पाटनमा चौपायलाई चरनका लागि ल्याउँदछन् ।

जुम्ला बजारको दृश्यावलोकनका लागि यो पाटन आकर्षक क्षेत्र मानिन्छ । दृश्यावलोकन गर्नेको यहाँ भीड लाग्ने गर्दछ ।   पाटनको पश्चिमी केही भू भागमा सीमसार छ । पछिल्लो समय यही सीमसार जमिनलाई प्राकृतिक रुपमै संरक्षण गरेर दुई वटा पुनर्रभरण (रिचार्ज) पोखरी बनाइएको छ । यसबाट  चौपायाका लागि पानी उपयोग गर्न सजिलो भएको छ ।  सीमसार क्षेत्रलाई उपयोग गरेर पोखरी बनाइएपछि स्थानीयवासीलाई चौपायालाई पानी खुवाउन परेको समस्या केही हदसम्म अन्त्य  भएको छ ।

चिरे–घिमे रिचार्ज पोखरी निर्माण समितिका अध्यक्षसमेत रहनुभएका ५१ वर्षीय किसान खत्रीले खुसी हुँदै भन्नुभयो, “रिचार्ज पोखरीमा जम्मा भएका पानीखान पाटन र जंगलमा चरनका लागि ल्याइएका चौपायासहित जङ्गली जनावरहरु आउन थालेका छन् ।”  उहाँका अनुसार एकघण्टा टाढादेखि पोखरीमा पानी पिउन बस्तुभाउसहित जनावर आउँदछन् । अहिले अत्यधिक चिसोका कारण पोखरीको केही भाग  बरफ भएको छ ।

स्वीस रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाद्वारा चन्दननाथ नगरपालिकामा सञ्चालित ‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजना’ले रिचार्ज पोखरी निर्माण गर्न सहयोग गरेको हो ।

परियोजनाका जिल्ला संयोजक ईश्वरा सुवेदीले भन्नुभयो, “पाटन र जंगलमा आएका चौपायासहित जङ्गली जनावरलाई पानीको चरम सङ्कट छ भन्ने कुरा समुदायबाट जानकारी आयो । यसलाई केही हदसम्म अन्त्य गर्न समुदायका मागअनुसार नै रिचार्ज पोखरी निर्माणमा सहयोग गरेका हौँ ।” उहाँका अनुसार यसबाट समुदायलाई कसरी जलवायु परिवर्तन अनुकूलन हुने भन्ने कुरा  पनि सिकाएको छ ।

किसान खत्रीले पाल्नुभएका २०० भेडामध्ये गत असार २३ गतेको अकल्पनीय चट्याङबाट ५२ वटा अकालमै म¥यो । उहाँले आँसु झार्दै भन्नुभयो, “भेडा त मरेर केही छैन । पाल्न सकिन्छ । हेरचाहका लागि राखिएका भाइ चट्याङ लागेर गम्भीर घाइते भयो । जुम्लामा उपचार हुन नसकेपछि काठमाडौँको टिचिङ अस्पतालमा लगियो । त्यहाँ उपचारबाट अझै फर्किएको छैन । सम्पत्ति सकिन लागिसक्यो कसैले सहयोग नगर्दा दिक्क लाग्छ । सहयोग गर्छु भन्दछन् कसैले गर्दैनन् ।”

उत्कृष्ट भेडापालक किसानका रुपमा उहाँले धेरै मानसम्मान पनि प्राप्त गरिसक्नु भएको छ । भेडा मरे पनि किसान खत्रीका मुहारमा निरासा पटक्कै झल्किदैन । दसैँमा बिक्री गरेर बाँकी रहेका माउ भेडा चराउन पाटन क्षेत्रतिर लाग्दै गरेका अवस्थामा उहाँले भन्नुभयो, “चेहेरेमा प्राकृतिक रुपमा रिचार्ज पोखरी बनाइयो । यसबाट चौपायालाई पानी र नुन खुवाउन सजिलो भएको छ । यसका लागि नेपाल रेडक्रसलाई धन्यवाद ।  शक्ति र श्वास रहेसम्म भेडा पाल्न छाड्दिन । जे गर्छु यही माटोमा गर्छु । भेडापालन व्यवसायमा पैसा पनि छ जोखिम पनि छ । पाँच छ लाख कमाउन विदेश जानुपर्दैन ।” मासु र ऊनका लागि भेडाको उपयोग गरिन्छ ।

चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवी खड्काले जहाँ विपद् त्यहाँ रेडक्रस भन्ने भावनाअनुसार चेहेरे पाटन क्षेत्रमा रिचार्ज पोखरी निर्माण गरेको र यसबाट समुदाय लाभाविन्वत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसबाट बस्तुभाउले निधक्क पानी खान पाएका छन् । ”  चन्दननाथ –३का वडाध्यक्ष राजन खत्रीले समुदायलाई जलवायु उत्थानशील बनाउन समुदायलाई सक्रिय बनाइएको र यसै अन्तर्ग चेहेरेको पाटन क्षेत्रमा प्राकृति पोखरी निर्माण गरिएको जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले जलवायु परिवर्तनका संकट टार्न समुदायलाई जलवायु उत्थानशील बनाउन   नेपाल रेडक्रसले ध्यान दिइरहेकोे बताउनुभयो  ।