२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा भएको भनिएका अनियमितता र भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने निर्णय गरेको छ। आयोगका अनुसार अहिले विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढिरहेको छ।

अख्तियारले तत्कालीन पाँच जना मन्त्रीसहित सम्बन्धित व्यक्तिहरूलाई विपक्षी बनाएर ८ अर्ब ३६ करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा विशेष अदालतमा दर्ता गर्न लागेको हो।

मुद्दामा विपक्षी बनाइएका मन्त्रीहरूमा भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटी रहेका छन्। बोगटीको निधन भइसकेकाले उनको ठाउँमा उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।

आयोगले विमानस्थल निर्माणका विभिन्न चरणमा देखिएका अनियमितता, निर्णय प्रक्रिया र सरकारी धनको दुरुपयोगबारे अनुसन्धानपछि मुद्दा दायर गर्ने निर्णय गरेको बताइएको छ।