२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा भएको भनिएका अनियमितता र भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने निर्णय गरेको छ। आयोगका अनुसार अहिले विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढिरहेको छ।

अख्तियारले तत्कालीन पाँच जना मन्त्रीसहित सम्बन्धित व्यक्तिहरूलाई विपक्षी बनाएर ८ अर्ब ३६ करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा विशेष अदालतमा दर्ता गर्न लागेको हो।

मुद्दामा विपक्षी बनाइएका मन्त्रीहरूमा भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटी रहेका छन्। बोगटीको निधन भइसकेकाले उनको ठाउँमा उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।

आयोगले विमानस्थल निर्माणका विभिन्न चरणमा देखिएका अनियमितता, निर्णय प्रक्रिया र सरकारी धनको दुरुपयोगबारे अनुसन्धानपछि मुद्दा दायर गर्ने निर्णय गरेको बताइएको छ।