२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार



अ+ अ-

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन्।

नेपाली काँग्रेस, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट १–१ जनालाई मन्त्रीमण्डलमा सहभागी गराएर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गरेका हुन्।

जनमत पार्टीबाट मन्त्री बन्नुभएका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने काँग्रेसका जंगीलाल राय र नेकपा (एकिकृत समाजवादी) पार्टीका कनिष पटेललाई बिना विभागीय मन्त्री बनाइएको छ।

नवनियुक्त तीन जना मन्त्रीहरुले आजै शपथ ग्रहण समेत गरे । तीन जना नवनियुक्त मन्त्रीहरुलाई प्रदेशप्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराए।