४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली

लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली
अ+ अ-

काठमाडौँ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशिल ज्ञवालीले लगानीका लागि स्थायित्व नभएको बताउनुभएको छ ।

आईतवार नाफिजको साधारण सभामा बोल्दै ज्ञवालीले राजनीतिक वातावरणमा फेरबदल आउने बित्तिकै आयोजनाहरुको मोडालिटीहरुमा समेत धारणा बदल्ने परिपाटी देखिएको भन्दै उहाँले मुलुकमा स्थायित्व नभएसम्म लगानीको वातावरण बन्न नसक्ने बताउनुभएको हो । सिइओ ज्ञवालीकाअनुसार लगानीको दृष्टिकोणमा फेरबदल आउनु हुँदैन । स्थायित्वका लागि लगानी बोर्डमा प्रधानमन्त्रीको अध्यक्षतामा विपक्षी दलको नेतासहित संसदमा प्रतिनिधित्व गर्ने दलहरु, निजी क्षेत्रका प्रतिनिधिहरु, विज्ञहरुसमेत सम्लित एउटा मेकानिजम बनाउने तयारी भइरहेको बताउनु भयो ।

ज्ञवालीकाअनुसार यसबारे छिट्टै एउटा निष्कर्षमा पुगिनेछ । यसले गर्दा राजनीतिक कोर्स परिवर्तन हुँदा पनि आयोजनाहरुमा हेरिने दृष्टीकोण परिवर्तन हुनेछैन । यसले पारदर्शीताको कुरालाई पनि बढावा दिनेछ भने जुनसुकै कामहरु अघि बढाउँदा पनि साझा दृष्टिकरण बनाएर अघि बढ्न सघाउ पुग्नेछ । यसले लगानीकर्ताबीचमा मनोबल उकास्न समेत सहयोग गर्नेछ । केही विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको  बताउनु भयो ।

सिइओ ज्ञवालीले भन्नुभयो–‘१७ सय अर्ब बराबरका प्रोजेक्ट पाइपलाइनमा रहेका छन् । केही लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन् । तर हालसम्म लगानी गर्न चाहेका लगानीहरूले हात झिक्छौँ भनेका छैनन् । बरु उनीहरूले नेपालमा लगानीको वातावरण राम्रो बन्दै गएकाले अब तीव्र गतिमा काम गर्नका लागि उत्साहित रहेका छन् ।’ 

अहिले गेम चेन्जिङ प्रोजेक्टहरू पाइपलाइनका रहेकाले ती प्रोजेक्टहरू फाइनल हुन लागेको समेत उहाँले जानकारी दिनुभयो ।  लगानीकर्ताहरूमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ । पछिल्लो समयमा निजी क्षेत्र, लगानीकर्ता र सरकारबीच लगानीको वातावरण बढाउनका लागि बोर्डले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । यसका लागि अर्थमन्त्रीसहित निजी क्षेत्र र जेनजी आन्दोलनमा प्रत्यक्ष प्रभाव परेकोहरुबारे बसेर छलफल गर्दा हामी उठ्नै पर्छ र यसको विकल्प छैन भन्ने निष्कर्ष निकालिएको उहाँको भनाइ छ । लगानीकर्ताहरूले जुनजुन शर्त राखेर नेपाल आउने तयारी गरेका छन् उनीहरूको लागि सम्झौतामै भोलीका दिनमा परिवर्तन नहुने ढुक्क हुने विश्वास दिलाउने तयारी रहेको छ । उनीहरूले जुन टर्म अफ कन्डिसनमा लगानी गरेका छन् त्यो पछि परिवर्तन नहुने गरी सम्झौता गर्ने तयारी रहेको उहाँको भनाइ छ ।

ज्ञवालीले भन्नुभयो, ‘जेन—जी आन्दोलनपछि लगानीकर्ताहरूले नेपालको अवस्थामा चासो बढाएका छन् । अब लगानीमा लगानी बढाउनका लागि लगानीकर्ताहरूमा ढुक्क बनाउनु पर्छ । उनीहरू लगानी गर्न ढुक्क भएनन् भने उनीहरूमा लगानी गर्ने कन्फिडेन्स आउँदैन ।’ 
निजी क्षेत्रले नेपालका लगानीको वातावरण बनाउनका लागि कानूनी विषय र अप्ठ्यारो पाटाहरूलाई सहज बनाउनुपर्ने माग राखेका बताउँदै उहाँले सरकारले कुन प्रोजेक्ट गर्ने र निजी क्षेत्रले कुनकुन गर्ने भन्नेबारे स्पष्ट पार्नका लागि समिति बनाएर काम गर्नेगरी बोर्ड अगाडी बढेको समेत उहाँले जानकारी दिनुभयो ।