२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली



अ+ अ-

काठमाडौँ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशिल ज्ञवालीले लगानीका लागि स्थायित्व नभएको बताउनुभएको छ ।

आईतवार नाफिजको साधारण सभामा बोल्दै ज्ञवालीले राजनीतिक वातावरणमा फेरबदल आउने बित्तिकै आयोजनाहरुको मोडालिटीहरुमा समेत धारणा बदल्ने परिपाटी देखिएको भन्दै उहाँले मुलुकमा स्थायित्व नभएसम्म लगानीको वातावरण बन्न नसक्ने बताउनुभएको हो । सिइओ ज्ञवालीकाअनुसार लगानीको दृष्टिकोणमा फेरबदल आउनु हुँदैन । स्थायित्वका लागि लगानी बोर्डमा प्रधानमन्त्रीको अध्यक्षतामा विपक्षी दलको नेतासहित संसदमा प्रतिनिधित्व गर्ने दलहरु, निजी क्षेत्रका प्रतिनिधिहरु, विज्ञहरुसमेत सम्लित एउटा मेकानिजम बनाउने तयारी भइरहेको बताउनु भयो ।

ज्ञवालीकाअनुसार यसबारे छिट्टै एउटा निष्कर्षमा पुगिनेछ । यसले गर्दा राजनीतिक कोर्स परिवर्तन हुँदा पनि आयोजनाहरुमा हेरिने दृष्टीकोण परिवर्तन हुनेछैन । यसले पारदर्शीताको कुरालाई पनि बढावा दिनेछ भने जुनसुकै कामहरु अघि बढाउँदा पनि साझा दृष्टिकरण बनाएर अघि बढ्न सघाउ पुग्नेछ । यसले लगानीकर्ताबीचमा मनोबल उकास्न समेत सहयोग गर्नेछ । केही विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको  बताउनु भयो ।

सिइओ ज्ञवालीले भन्नुभयो–‘१७ सय अर्ब बराबरका प्रोजेक्ट पाइपलाइनमा रहेका छन् । केही लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन् । तर हालसम्म लगानी गर्न चाहेका लगानीहरूले हात झिक्छौँ भनेका छैनन् । बरु उनीहरूले नेपालमा लगानीको वातावरण राम्रो बन्दै गएकाले अब तीव्र गतिमा काम गर्नका लागि उत्साहित रहेका छन् ।’ 

अहिले गेम चेन्जिङ प्रोजेक्टहरू पाइपलाइनका रहेकाले ती प्रोजेक्टहरू फाइनल हुन लागेको समेत उहाँले जानकारी दिनुभयो ।  लगानीकर्ताहरूमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ । पछिल्लो समयमा निजी क्षेत्र, लगानीकर्ता र सरकारबीच लगानीको वातावरण बढाउनका लागि बोर्डले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । यसका लागि अर्थमन्त्रीसहित निजी क्षेत्र र जेनजी आन्दोलनमा प्रत्यक्ष प्रभाव परेकोहरुबारे बसेर छलफल गर्दा हामी उठ्नै पर्छ र यसको विकल्प छैन भन्ने निष्कर्ष निकालिएको उहाँको भनाइ छ । लगानीकर्ताहरूले जुनजुन शर्त राखेर नेपाल आउने तयारी गरेका छन् उनीहरूको लागि सम्झौतामै भोलीका दिनमा परिवर्तन नहुने ढुक्क हुने विश्वास दिलाउने तयारी रहेको छ । उनीहरूले जुन टर्म अफ कन्डिसनमा लगानी गरेका छन् त्यो पछि परिवर्तन नहुने गरी सम्झौता गर्ने तयारी रहेको उहाँको भनाइ छ ।

ज्ञवालीले भन्नुभयो, ‘जेन—जी आन्दोलनपछि लगानीकर्ताहरूले नेपालको अवस्थामा चासो बढाएका छन् । अब लगानीमा लगानी बढाउनका लागि लगानीकर्ताहरूमा ढुक्क बनाउनु पर्छ । उनीहरू लगानी गर्न ढुक्क भएनन् भने उनीहरूमा लगानी गर्ने कन्फिडेन्स आउँदैन ।’ 
निजी क्षेत्रले नेपालका लगानीको वातावरण बनाउनका लागि कानूनी विषय र अप्ठ्यारो पाटाहरूलाई सहज बनाउनुपर्ने माग राखेका बताउँदै उहाँले सरकारले कुन प्रोजेक्ट गर्ने र निजी क्षेत्रले कुनकुन गर्ने भन्नेबारे स्पष्ट पार्नका लागि समिति बनाएर काम गर्नेगरी बोर्ड अगाडी बढेको समेत उहाँले जानकारी दिनुभयो ।