२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

बर्दिबासको पर्यावरणबारे बढ्दै चासो

बर्दिबासको पर्यावरणबारे बढ्दै चासो
अ अ+ अ-

महोत्तरी: महोत्तरीको पूर्वपश्चिम लम्बाइको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ । चुरे क्षेत्रमा ३० किलोमिटर बढी लम्बाइको यस नगर क्षेत्रमा धार्मिक, पुरातात्विक, ऐतिहासिक र प्राकृतिक सम्पदाको भण्डार रहेको यहाँ अवलोकन गर्नेहरूले बताएका छन् ।

“मनोरम प्राकृतिक सम्पदाको बर्दिबास नगरक्षेत्र सम्पन्न रहेछ”, बर्दिबास–३ राइमण्डलस्थित गिद्ध बासस्थानको अवलोकनपछि चरा संरक्षण नेपालका प्रतिनिधि नवलपरासीको पिठौलीका ईश्वरी चौधरीले भन्नुभयो, “हामीले यहाँको चुरे क्षेत्रको अवलोकन गर्याँै, यो त प्राकृतिक पर्यटनको भण्डार रहेछ ।” राइमण्डलडाँडास्थित गिद्धबास (गिद्धको बासस्थान)लाई संरक्षण गर्न मुख्यतः आहाराको व्यवस्थापनमा जुट्न उहाँको बर्दिबास नगरपालिका र नगर संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिलाई सुझाव छ ।

आफ्नो ठाउँको पिठौली सामुदायिक वन क्षेत्रमा स्थापित गिद्ध संरक्षण उद्देश्यको जटायु रेष्टुरेन्ट स्थापना भएयता बढेको पर्यटकीय चहलपहलको अनुभव साट्दै चौधरीले बर्दिबासको यो क्षेत्र अझ मनोरम रहेको बताउनुभयो । “यहाँको चुरे क्षेत्र सम्पदाले भरिपूर्ण रहेछ”, उहाँले भन्नुभयो, “यहाँ पर्यटकीय सम्भावनाका प्रशस्त आधार रहेछन् ।”

राइमण्डलडाँडाको गिद्धबास, राइमण्डल क्षेत्रकै मध्य पाषण युगकालीन हतियार कारखाना, सोलीघोप्टेडाँडाको जडीबुटी भण्डार, मधेसको जिल्ला भएर पनि सुन्तला, जुनार फल्ने चनौटेडाँडा र यहाँका टुटेश्वर, पञ्चधुरा माईस्थान र राइमण्डलधामसहितका आदिकालदेखिका धार्मिकस्थल पर्यटकीय विकासका लागि महत्त्वपूर्ण आधार रहेको अवलोकनकर्ताको प्रतिक्रिया छ ।

त्यसैगरी, वातावरण र पर्यावरण संरक्षणका क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका धनुषाको कल्चर भिलेज संस्थाका संस्थापक देवनारायण मण्डल आफूले महोत्तरीको चुरे क्षेत्रको अवलोकन गर्दा लोपोन्मुख पन्छी गिद्धसँगै अनेकौ चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान रहेको देखिएको बताउनुभयो ।

“यहाँको चुरे क्षेत्रमा अहिले सघन वन रहेछ । यहाँ बहुमूल्य वनस्पति तथा बाघ, हरिन, मृग, घोरल, नीलगाई र बँदेलसहितका वन्यजन्तु बाक्लै रहेछन्”, मण्डल भन्नुहुन्छ, “यसका अतिरिक्त अन्य पुरातात्विक महत्वका हतियार कारखानाका अवशेष र महाभारतकालीन जनश्रुतिका धार्मिकस्थलले यहाँको परिचय विशिष्ट बन्ने आधार छन्, यिनलाई पर्यटन प्रवर्द्धनसँग जोड्न सक्नुपर्छ ।”

अवलोकनकर्ताको सुझाव मनन गरेर नै बर्दिबास नगरपालिकाले संस्थागत प्रयत्नबाटै सम्भावना चिन्हित गर्न र तदनुरुप योजनाबद्ध काम अघि बढाउन नगरमा संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षेत्री बताउनुहुन्छ ।

“पर्यटकीय सम्भावनाका क्षेत्र पहिचान गर्न र यी क्षेत्रमा गर्न सकिने कामको खाका बनाउन जिम्मेवारीसहितको संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति गठन गरेका छौँ”, क्षेत्री भन्नुहुन्छ, “समितिले विभिन्न क्षेत्रको काम हेर्नेगरी उपसमिति बनाएर अघि बढेको छ ।” यहाँको पर्यटकीय क्षेत्रको पहिचान र योजनाबद्ध काम अघि बढाउने कुरालाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

नगरको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिले मध्य पाषाण युगकालीन हतियार कारखानाको विज्ञहरूबाट पहिलो चरणको अन्वेषण कार्य र गिद्ध संरक्षणका काम पहिल्याउन काम सुरु गरेको जनाएको छ । “हामीले मध्य पाषाण युगकालीन हतियार कारखानाको पुरातत्वविद्बाट पहिलो चरणको अन्वेषण कार्य सम्पन्न गराएका छौँ, त्यसबाट प्राप्त विज्ञहरूको निष्कर्षले हामी उत्साहित छौँ”, समितिका अध्यक्ष हीरालाल गौतम भन्नुहुन्छ, “पुरातत्व विभागका विज्ञ र भारतीय पुरातत्वविद्ले गर्नुभएको प्रारम्भिक अन्वेषणबाट यहाँ १० हजार वर्ष पहिलेको ढुङगे हतियार बन्ने ठाउँ रहेको निष्कर्ष आएको छ ।” यस काममा अझ योजनाबद्ध ढङ्गले अघि बढ्न सङ्घीय सरकारको चासो बढाउन प्रयत्न गरिएको गौतमको भनाइ छ ।

त्यसैगरी, समितिले गिद्ध संरक्षण र पर्यापर्यावरणको कामलाई व्यवस्थित गर्न उपसमिति बनाएर काम अघि बढाइएको गौतमको भनाइ छ । यस क्रममा गिद्धको आहारा दिगो व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेतिर मिहीन तवरले काम थालिएको गिद्ध संरक्षण तथा पर्या पर्यावरण प्रवर्द्धन उपसमितिका संयोजक विशाल बस्नेत बताउनुहुन्छ ।

“हामीले पहिलो चरणमा पिठौली वनको गिद्ध व्यवस्थापनको अवलोकन गरेर केही सिक्दैछौँ, अब राइमण्डलडाँडाको गिद्धबासको पायक पर्नेगरी गिद्धको आहारा व्यवस्थापनको काम अघि बढाउने तरखरमा छौँ”, बस्नेत भन्नुहुन्छ, “यसका लागि समुदायसँग छलफल भइरहेको छ ।” यसका लागि दिगो काम गर्नुपर्ने हुँदा तयारीमा समय लागेको उहाँको भनाइ छ ।

बर्दिबासको चुरे क्षेत्रमा पर्यटन सम्भावना पहिल्याउन दुई वर्ष पहिले (२०८०) बर्दिबास उद्योग वाणिज्य सङ्घको नेतृत्वमा १० वटा सामाजिक संस्थाले गरेका चुरे पदयात्राका क्रममा राइमण्डलडाँडामा गिद्धको समूह देखेपछि यहाँ यसबारे चासो बढेको हो । पदयात्रा गर्ने १० सामाजिक संस्थाले नगरक्षेत्रका ३८ ठाउँको परिचयसहित यिनलाई पर्यटकीय क्षेत्र बनाउन पहल गरिनुपर्ने सुझावसहितको पदयात्रा प्रतिवेदन त्यतिबेलै बर्दिबास नगर कार्यपालिकाको कार्यालयलाई बुझाएको थियो । आफूहरूले सुझाएका क्षेत्रमा काम गर्नेगरी नगरपालिकाले संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति बनाए पनि सम्बद्ध पदयात्री संस्थासँग समन्वय भने नगरेको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काको गुनासो छ ।

अहिले मुलुकका विभिन्न भेगबाट आउने अवलोकनकर्ताले आफ्नो नगरको चुरेक्षेत्रमा पर्यटन प्रवर्द्धनका प्रशस्त सम्भावना औँल्याएका कुराले बर्दिबास नगरवासी पनि उत्साहित बनेका छन् ।

“जिल्लाको सबै चुरे क्षेत्र हाम्रै नगरमा पर्छ, बाहिरबाट आउने अवलोकनकर्ताले हाम्रो ठाउँको पर्यटन विकासको सम्भावना औँल्याएर देखाएका छन्”, बर्दिबास–११ का नीलहरि गौतम भन्नुहुन्छ, “अब तीनै तहका सरकारले हामी जनतालाई केही हुँदैछ भन्ने अनुभूति दिनेगरी यस क्षेत्रको काम अघि बढाउनुपर्छ ।” यसका लागि मुख्यतः स्थानीय सरकारले योजनाबद्ध काम अघि बढाउँदै प्रादेशिक र सङ्घीय सरकारलाई जोड्न पहल लिनुपर्ने उहाँको सुझाव छ ।रासस